अब धनगढी दौडिन्छ’ बिजेतालाई ७५ हजार पुरुस्कार

शेयेर गर्नुहोस

धनगढी/जेसिज नयाँ वर्षको दिन धनगढीमा आयोजना हुने ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिताको तयारीमा जुटेको छ । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक धनगढी जेसिजले बैशाख १ गते हुने ‘अब धनगढी दौडिन्छ’ को तयारीमा जुटेको जनाएको छ ।

धनगढी जेसिजले आयोजना गर्न लागेको २०८२ बैशाख १ गते गर्न लागेको  ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता ११ औं संस्करण हो । धनगढी जेसिजल सन् २०१४ बाट यो प्रतियोगिता नियमित रुपमा नयाँ वर्षको दिन आयोजना गर्दै आइरहेको छ ।

प्रतियोगिता १० औं संस्करणदेखि नेपाल एथलेटिक्स संघबाट स्वीकृत प्राप्त गरिसकेको आयोजकले जनाएको छ । हाफ म्याराथनको विजेताले नगद ७५ हजार, उप–विजेताले ५० हजार र तेश्रो हुनेले नगद २५ हजार प्राप्त गर्नेछन् । हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर गेटास्थित मनेहरा पुल हुँदै पुनः धनगढी रंगशाला पुगेर समापन हुने संयोजक दिपक गौतमले बताउनुभयो ।

यस्तै, प्रतियोगिता अन्तर्गत महिलातर्फ तथा कर्पोरेट र संचारको ५ कि.मी. दौड आयोजना गरिनेछ । संयोजक गौतमका अनुसार विजेताले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् भने उप–विजेताले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

खुल्लातर्फको दूरी २१।१ किलोमिटर रहने जनाइएको छ । खुल्लातर्फको प्रतिस्पर्धीहरुले धनगढी रङ्शालाबाट दौडेर धनगढी बजार हुँदै गेटा पुगेर पुनस् रङगशालामा आउने जनाइएको छ । खेलकुदको माध्यमबाट युवालाई विकासमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुदै आएको प्रतियोगितामा धावक नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहभागिता हुने आयोजकले जनाएको छ ।

नयाँ वर्ष २०८१ का अवसरमा आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका थिए । उनले २१ किलोमिटर दूरीको हाफ म्याराथन एक घण्टा सात मिनेट ५७ दशमलव ३५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

De Erfenis van Corsaza in de Casino Wereld

Pokies with a Punch: Why Bonus Rounds Are the New Aussie Obsession

Legal Online Casino Options for Australian Players

Bônus de Caça ao Tesouro no Slot Onabet

Korunka – Hra o Sílu Přirozené Slzy

Magia en el Juego de Azar

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Почему чувство волнения ассоциировано с биохимическим веществом

Почему чувство волнения ассоциировано с биохимическим веществом Нейромедиатор является нейротрансмиттер, который работает как естественный посредник в неврологической структуре организма. Этот химический элемент переносит информацию между

अझै पढ्नुहोस्