टीकापुर ७ काे दशै मिलन तथा सांस्कृतिक कार्यक्रममा दुई पत्रकार सहित ८ जना सम्मानित

शेयेर गर्नुहोस

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ काे आयाेजनामा दशै मिलन तथा सांस्कृतिक कार्यक्रम गरेकाे छ । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश सदस्य तथा सुदुर सन्दर्भ साप्ताहिकका सम्पादक भिम बि.क. र मेराेखुशी डटकम अनलाइनका पत्रकार मान बहादुर ठकुल्लालाई दाेसल्ला सहित सम्मान गरिएको छ ।

त्यसै गरि सहिद परिवारका ५ जन र १ जना द्वन्द्व पिडित परिवार समेतलाइ दाेसल्ला ओढाएर सम्मान गरिएकाे छ । टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारुकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अथिति जानकी गाउपालिकाका अध्यक्ष प्रदिप कुमार चाैधरी रहनु भएको थियाे ।

कार्यक्रममा टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दमनसिह चाैधरी र वडा न ६ का वडा अध्यक्ष बलीराम चाैधरी विशिष्ट अथिति रहनु भएकाे थियाे ।

टीकापुर नगरपालिका वडादन ७ का वडा सदस्य यमलाल जैशीकाे स्वागत मन्तब्य संगै शुरु भएकाे दशै मिलन तथा सांस्कृतिक कार्यक्रममा महिला स्वयमसेविका गाेमा ढुङ्गाना , वडघर डिल्ली पाण्डे, जनता राष्ट्रिय माबिका अध्यक्ष गाेबिन्द काेईराला, पत्रकार भिम बिक , कर्णाली माबि सत्तीका अध्यक्ष मनिराम ढुङ्गाना ,समाजसेवि तथा ने क पा माओवादि केन्द्र वडा नम्बर ७ का अध्यक्ष यज्ञ प्रसाद न्याैपाने लगायतले शुभकामना मनतव्य राख्नु भएकाे थियाे ।

कार्यक्रम संचालन वडा सचिव लाेक बहादुर बुढाले भएको थियाे । कार्यक्रममा बर्दिया तथा स्थानीय गरि १३ वटा समूह तथा एकल कलाकारहरुकाे प्रस्तुति रहेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Caccia al Tesoro Virtuale con Bet Best Casino

Estratégias inteligentes para apostas com felixspin e maximizar seus ganhos online

Detailed coverage surrounding https://newsroom24bd.org/category/ট্রেন্ডিং/ for informed perspectives

Essential coverage for navigating the cultural landscape with ট্রেন্ডিং insights and lasting impacts

Precision tackling strategies with alzaeemnews.com/category/تحليل-رياضي and performance evaluations

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन अतिक्रमण उठाउन सहयोग गर्न तयार छु : समन्वय प्रमुख भुसाल

जमुना न्युरे,धनगढी/धनगढीमा भएको जैबिक विविधता र वातावरणिय विषयमा सरोकारवाला निकायहरु बिच गोलमेच छलफल कार्यक्रममा कैलाली जिल्ला समन्वय समितिका निमित प्रमुख खगराज भुसालले भने अब सरक्षंण

अझै पढ्नुहोस्