TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
Next
Prev

विभिन्न पदमा आफन्तलाइ दियको नियुक्ति खारेजको माग सुदूरपश्चिम एमाले संसदीय दल

शेयेर गर्नुहोस

धनगढी/नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिममा एमालेका मन्त्री राज्यमन्त्रीहरूले परिवारका सदस्यहरूलाई दिएको नियुक्ति खारेज गर्न भनेको छ ।

एमाले संसदीय दलको कार्यालय आगलागीले ध्वस्त भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको सरकारी निवासमा संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकमा आन्तरिक मामिला मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा सहभागी थिए ।

उनीहरूकै अगाडी मन्त्रीहरूले स्वकीय सचिव, ड्राइभर र भान्सेमा परिवारका सदस्यहरूलाई राखेको भन्दै तत्काल उनीहरूलाई हटाउने विषयमा छलफल भएको हो । बैठकमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउन उपस्थित थिइनन् ।

‘मन्त्रीहरूले स्वकीयदेखि भान्सेसम्म परिवारका सदस्यहरूलाई राखेको भन्दै तीव्र आलोचना भइरहेको छ । आजको बैठकमा परिवारका सदस्यलाई दिएको नियुक्ति खारेज गर्दै अन्यलाई जिम्मेवारी दिने विषयमा छलफल भएको थियो ’ बैठकमा सहभागी एक सांसदले भने ‘ बैठकमा मन्त्रीहरू पनि हुनुहुन्थ्यो । अब परिवारका सदस्य हटाउन निर्देशन भइसकेको छ । केही समयपछि लिखित निर्देशन नै पुग्छ ।’

सुदूरपश्चिमकै मन्त्रीहरूले छोरा ,छोरी भाइदेखि ज्वाइँ सम्मलाई जिम्मेवारी दिएको भन्दै आलोचना भइरहेको थियो । अब उनीहरूलाई जिम्मेवारीबाट हटाउनु पर्ने बैठकमा सांसदहरूले कुरा उठाएका थिए । सोही अनुसार निर्णय गरिएको ती सांसदले जानकारी दिए ।
मन्त्रीहरू मात्रै होइन सांसददेखि समिति सभापतिसम्मले पनि अब परिवारका सदस्यहरूलाई नियुक्ति दिन पाउने छैनन् । दिएको भए उनीहरूले पनि तत्काल हटाउनु पर्ने छ ।

त्यस्तै संसदीय दलको बैठकमार्फत जेनजी आन्दोलनको क्रममा भएका तोडफोड, लुटपाट र आगजनीको विषयमा संसदीय समिति बनाएर अध्ययन गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । बैठकले सरकारलाई संसदीय समिति बनाउन सुझाव दिने निर्णय गरेको छ । त्यस्तै सबै जिल्ला तथा प्रदेशमा नेकपा एमालेका नेता कार्यकर्ता तथा पार्टी कार्यालयहरूमा भएको तोडफोड आगजनी र लुटपाटको छानबिन हुनुपर्ने माग पनि बैठकमा उठेको थियो ।

सबै जिल्लामा ती जिल्लाका संसद् र जनप्रतिनिधि नरहेको जिल्लामा छिमेकी जिल्लाका सांसदहरूले त्यसको प्रतिवेदन बनाउने निर्णय समेत संसदीय दलको बैठकले गरेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक चक्र मल्लले जानकारी दिए ।

‘आन्दोलनको क्रममा पार्टी कार्यालय र निजी सम्पत्तिहरूमा पनि तोडफोड आगजनी र लुटपाट भएको ती सबै घटनाको छानबिन हुनुपर्छ भन्ने हाम्रो माग हो ’ उनले भने ‘सरकारबाट एउटा संसदीय समिति बनाउने र पार्टीले पनि छुट्टै अध्ययन गर्ने भन्ने दलले निर्णय गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড যদি আপনি Mostbet-এ একটি অ্যাকাউন্ট খুলতে চান তবে এই গাইডটি আপনার জন্য। Mostbet হলো একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম

अझै पढ्नुहोस्
समाचार

सामुदायिक सहकारी संस्थाले ६० लाख बडी नाफा कमाउन सफल

मान बहादुर ठकुल्लाटीकापुर/टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित सामुदायिक सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ । शनिबार सत्तीमा सहकारी संस्थाकाे २१ ओै वार्षिक साधारणसभा

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्