मिडिया माथी भएको हिंसात्मक कार्यको दक्षिण एसिया पत्रकार महासंघ (SAJF) ले कडा शब्दमा निन्दा

शेयेर गर्नुहोस

धनगढी/नेपालमा हालै उत्पन्न नागरिक अशान्तिको क्रममा पत्रकार तथा मिडिया संस्थाहरूलाई लक्षित गर्दै भएका हिंसात्मक कार्यहरूको दक्षिण एसिया पत्रकार महासंघ (SAJF) ले कडा शब्दमा निन्दा गरेको छ।

महासंघले एक बिज्ञप्ति जारी गदै धम्की, शारीरिक आक्रमण, मनमानी नजरबन्द, र पेशागत कार्यमा अवरोधलाई प्रेस स्वतन्त्रता र जनताको सूचनाको अधिकारमाथिको प्रत्यक्ष हमला भनेको छ।

(SAJF) का अध्यक्ष गीतार्थ पाठकले पत्रकारहरूको सुरक्षा र सम्मान सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै भने, “मिडियामाथिको आक्रमणले लोकतन्त्र, सत्य र जवाफदेहिताको आधारलाई कमजोर बनाउँछ।” उनले नेपाल सरकारलाई पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल र निर्णायक कदम चाल्न आह्वान गरे।

महासचिव शकील अहमदले पत्रकारहरूमाथि आक्रमण गर्नेहरूलाई तत्काल जवाफदेही बनाइनुपर्ने र दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिए। उनका अनुसार, पत्रकारहरूले विशेषगरी संकटको समयमा स्वतन्त्र र निर्भय रूपमा काम गर्ने वातावरण पाउनु अत्यावश्यक छ।

महासंघका वरिष्ठ उपाध्यक्ष शिव लम्सालले सरकारसँग पत्रकारमाथि निर्वाध रूपमा समाचार संकलन गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे। साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको कुनै पनि आक्रमण अस्वीकार्य रहेको स्पष्ट पारे।

महासंघले मिडियालाई प्रमाणित र तथ्यमा आधारित समाचार मात्र प्रकाशन गर्न र गलत सूचना रोक्न आग्रह गरेको छ। साथै, नागरिक समाज, राजनीतिक दल र सुरक्षाकर्मीहरूलाई पत्रकारको अधिकार र स्वतन्त्रताको सम्मान गर्न अपील गरिएको छ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूपश्चिमाञ्चलमा पहिलो पटक सम्पन्न भयो जलवायु स्मार्ट उद्यमशीलता पुरस्कार दिवस

धनगढी/वातवरण तथा जलवायु विकासमा नेपाली युवा (NYCAGG), युरोपेली संघको ( European Union) अर्थिक सहयोगमा युथ इनोभेसन ल्याब, रेस्टलेस डेभ्लपमेन्ट नेपाल,अनुसन्धान तथा दिगो विकास नेपाल (CREASION)

अझै पढ्नुहोस्
समाचार

10 बुदे सुनसरी घोषणा पत्र जारी गर्दै प्रेस युनियनको केन्द्रिय मिटिङ सम्पन्न

मितिः२०८०।१२।१७प्रेस विज्ञप्तिनेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक अध्यक्ष शिव लम्सालको अध्यक्षतामा मिति २०८० चैत १७ गते सुनसरी जिल्लाको इटहरीमा सम्पन्न भएको छ । केन्द्रीय समिति

अझै पढ्नुहोस्