जमुना न्युरे/कैलाली जिल्लाको नगरपालिका वडा ७ लालबोझिको र्चरा मा रहेको अतिरिक्रमणको चपेटामा रहेको पुरैना ताल पुन : निर्माणको लागि बजेट अभावले काम नरोकिने बजेटलाइ रकमान्तर गरेर भएनी काम गर्ने सुदूरपश्चिम प्रदेश उधोग , पर्यटन , वन तथा वातावरण मन्त्रालयका मन्त्री रामेश्वर चौधरीले एक कार्यक्रम बताए ।

राष्ट्रिय बृक्षारोपण दिवशको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने कैलाली जिल्लाकै सबै भन्दा ठूलो यो पुरैना ताल पुन: स्थापना गर्न डिभिजन वन कार्यलयको एक्लो प्रयासले मात्र हुदैन अतिक्रमण हटाउन तीन तहको सरकार , स्थानीयहरुको सामुहिक प्रतिबद्धता हुन जरुरी छ , यो ताल पुन निर्माण भएमा यहाँ भारतको दुधुवा नेशनल पार्क र बसन्ता जैबिकमार्ग हुँदै वन्यजन्तु र चराचुरुङ्गी ओहोरदोहोर गर्ने , जैबिकता बिबिधताको सरक्षण हुने हुदा यस्को पुन : स्थापन गर्न निकै जरुरी रहेको बताउदै , यी ताल स्वफुत रुपमा अतिक्रमण गरियको जमिन खाली गरि दिन पनि स्थानीयलाई आग्रह गरे ।

उनले भने यो ताल पुन : निर्माण सरक्षण र सदुपयोग गर्न सबै राजनीति दल , समाजसेबि , सरोकारवाला निकायलाइ हातेमालो गर्न समेत आहावान गरे । यो ताल पुन : निर्माणका लागि प्रदेश सरकारले अन्य शिर्षक को बजेटलाई रकमान्तर गरे पनि पुरैना तालको ड्याम निर्माण , तालको माटो ब्यबस्थापन गर्ने आफ्नो प्रतिबद्धता समेत जनायका छन् ।

यस्तै कार्यक्रममा बोल्दै कैलाली क्षेत्र ३ का सघिय सासद गङ्गा चौधरीले पुरैना ताल पुन : निमार्ण गरि यस्को ब्यबस्थापन गर्न सकियमा बजेटको लागि अन्यत्र धाउन नपर्ने , यश तालको अतिक्रमण नियन्त्रणका लागि राजनीति दलको प्रतिबद्धता आवश्यकता रहेको , यो तालमा केही टाढाबाढा समाजकै अगुवा ब्यक्तिहरुको स्वार्थका कारण अतिक्रमण नियन्त्रण गर्न कठिन रहे पनि डिभिजन वन कार्यलयलाइ यो तालको पुन : निर्माण निरन्तर रुपमा काम गर्न आग्रह गर्दौ , स्थानीय सरकार , प्रदेश सरकार र सघिय सरकारले आउदा दिनमा यो अतिक्रमण नियन्त्रण गर्न र यसको सरक्षण गर्न सधै सकारात्मक रहेको बताए । यो ताल अतिक्रमण नियन्त्रण गर्न आजै बाट आफुले सरोकारवाला निकाय सङ समन्वय गर्ने समेत बताए ।

कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका नगरप्रमुख केवल लाल चौधरीले भने यो पुरैना ताल ब्यबस्थापन गर्न सरकारको ठोस निती नभएकोले र हिम्तपुरका बाढिपिडितलाई बसोबास गर्न भनि दियको ८कठ्ठा मौखिक रुपमा दिइएको भनेको , स्थानीयले त्यही ८ कठ्ठाको बहानामा एकै ब्यक्तिले पुरैना तालको १० बिगाह अतिक्रमण गरिएको छ , त्यो अतिक्रमणमा हटाउनका लागि डिभिजन र स्थानीय तहले मात्र चाहेर हटाउन सक्दैन , त्यो भएर ८ कठ्ठा जमिनको विवाद समाधान गरि अतिक्रमण नियन्त्रण गरि ताल निर्माण गर्न प्रदेश सरकार र सघिय सरकारले पहल गर्नु पर्ने बताए ।
बसन्ता वन सरक्षण क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल खेती योग्य जमिन परिणत भएको छ । पानी भएको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टरमा फैलिएको ताल चरा अवलोकनका लागि उपयुक्त मानिन्थ्यो ।
मोहना नदिमा २०६५ सालमा आएको बाढिले ताललाई
बगरमा परिणत गर्न सुरुवात गरेको थियो पुन २०६८, २०७२ र २०७५ सालमा आएको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो।









