माछा संरक्षण क्षेत्रको सम्भाव्यता, स्थानीय सरोकारवालाको भूमिका र समुदायमा आधारित संरक्षण छलफल

शेयेर गर्नुहोस

टिकापुर/कर्णाली नदीमा माछा संरक्षण क्षेत्रको सम्भाव्यता, स्थानीय सरोकारवालाको भूमिका र समुदायमा आधारित संरक्षण रणनीतिका बारेमा छलफल गरिएको छ । ‘कर्णाली नदीमा ओत संरक्षणका लागि नदीमा आश्रित समुदायको जीविकोपार्जन तथा अभिभावकत्वको सवलिकरण’ परियोजनाको वार्षिक समिक्षा कार्यक्रममा सो विषयमा छलफल गरिएको हो ।

सरोकारवालाहरुले कर्णाली नदीको राजिपुर र सत्तीघाट पुलसम्म माछा संरक्षण क्षेत्र घोषणा गर्ने सहमती जनाएका छन् । सो क्षेत्र करीव २ किलोमिटर क्षेत्रमा फैलिएको छ ।


‎‎माछा संरक्षण क्षेत्र अन्तर्गतका स्थानीय पालिकाहरुले नदीमा आश्रित समुदायहरुलाई मध्येनजर राखेर संरक्षणका नियमहरु बनाउने र संरक्षणका लागि कर्णाली नदी तटीय क्षेत्रमा गठित नदी खण्ड व्यवस्थापन समितिलाई परिचालन गर्ने सहमती समेत जुटेको छ । कैलालीको ‎टिकापुरमा भएको कार्यक्रममा उपस्थित कर्णाली तटीय क्षेत्रमा पर्ने पालिकाका प्रमुख तथा प्रतिनिधिहरुले छिट्टै स्थानीय तहले जलचर संरक्षण ऐन निर्माण गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।‎

‎कार्यक्रममा परियोजना अन्तर्गत वर्षभरी भएका उपलब्धिहरुका साथै आगामी वर्षका रणनीतिहरुका बारेमा छलफल गरिएको थियो । परियोजना अन्तर्गत गरिएको विभिन्न समुदायद्वारा गरिएको नदी खण्ड व्यवस्थापन, नदीमा आश्रित समुदायको जिविकोपार्जन तथा ओत संरक्षण र अनुसन्धानमा सामुदायिक संलग्नताबारे पनि स्थलगत निरीक्षण गरिएको थियो ।‎

‎कार्यक्रममा कैलालीका जिल्ला समन्वय समिति प्रमुख, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका प्रदेश स्तरीय विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, परियोजना सञ्चालित पालिका तथा वडाका प्रमुख तथा प्रतिनिधि, स्थानीय समुदाय, संरक्षणकर्मी, सरकारी तथा गैरसरकारी संस्था तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


‎नेपाल सरकार तथा डब्लुडब्लुएफ नेपालको समन्वयमा बेलायत सरकार अन्तर्गत डार्विन इन्सिएटिभको आर्थिक सहयोगमा सोनाहा विकास समाज, मुक्त कमैया महिला विकास मञ्च, डल्फिन संरक्षण केन्द्र, साना स्तनधारी संरक्षण तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित परियोजना कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिका तथा बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका कर्णाली नदी तटीय क्षेत्रका समुदायहरुमा विगत २ वर्ष देखि सञ्चालित छ ।‎


‎परियोजनाले यस वर्ष नदी तथा जलीय जैविक विविधता संरक्षण प्रभावकारी बनाउन दिगो माछा मार्ने विधि, वातावरणमैत्री व्यवसायिक अभ्यास तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको डब्लुडब्लु एफका प्रतिनिधि आषिश कपालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Oportunidade em Jogos de Azar com SlotLair

Gelassenheit beim Überqueren der Straße mit chickenroad entwickeln und Highscores erzielen

Strategies for winning consistently with https://justrealnews.ca/category/online-betting and informed choices

Il Fuoco dellArdente Ragazzi della Fortuna

O Mistério de Tikitaka, Raridade no Caça-Níqueis

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Πραγματική διασκέδαση με το tonyspins και μοναδικές εμπειρίες παιχνιδιού για κάθε παίκτη

Πραγματική διασκέδαση με το tonyspins και μοναδικές εμπειρίες παιχνιδιού για κάθε παίκτη Η Εξερεύνηση της Ποικιλίας των Παιχνιδιών στο Tonyspins Παιχνίδια με Ζωντανούς Κρουπιέρηδες: Η

अझै पढ्नुहोस्
समाचार

आज फेब्रुअरी २ तारिख विश्वभर आज विश्व सिमसार दिवस मनाइयो

जमुना न्युरे/बर्सेनि सिमासार दिवश मनाइन्छ तर तिनको सरक्षण र सदुपयोग हुन सकेका छैन , दिन प्रतिदिन सिमसार क्षेत्रमा मिचाह्रा प्रजातीले भरिएको , अतिक्रमणको चपेटामा परेको

अझै पढ्नुहोस्