किसानसँग सहकारी जोडिनुपर्छ :राज्यमन्त्री बम

शेयेर गर्नुहोस


धनगढी/सहकारीले ऋण दिने र व्याज असुल्ने मात्रै नभई किसानसँग जोडिनुपर्ने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताएका छन् ।

जिल्ला सहकारी संघ लिमिटेड धनगढीले आयोजना गरेको ६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रमुख अतिथिको आशनबाट बोल्दै मन्त्री बमले सहकारीले किसानका कृषि उपजको बजारीकरण गरेर अर्थतन्त्र बलियो बनाउन सहयोग गर्नुपर्ने बताएका हुन् ।


किसानका कृषि उपजलाई बजारसम्म पुर्‍याउने माध्यम सहकारीले गरिदिनुपर्ने बताउँदै उनले भने,‘किसानले राम्रो आम्दानी गरेमा उनीहरुले नै सहकारीमा लगानी लगाउन सक्छन् ।

जसले गर्दा किसानको अर्थ उपार्जनका साथै सहकारीको उद्देश्य पनि पूरा हुन्छ ।’ ऋण लिने सहकारीका सबै सदस्यले समयमै तिर्ने बानी बसाल्दा सहकारी सफल हुने भएकाले सहकारीलाई बद्नामित हुनबाट जोगाउन सबैले लाग्नुपर्ने उनले बताए । सहकारी नाफामुखी मात्रै नभई सेवामुखी पनि हुनुपर्ने उनले सहकारीका सञ्चालक तथा सदस्यलाई सम्बोधन गर्दै बताए ।

पछिल्लो समयमा सहकारी बद्नामित हुँदै गइरहेकाले सबै सहकारीले चनाखो हुनुपर्ने सुदूरपश्चिम प्रदेश सभाको विशेषधीकार संसदीय समितिका सभापति तुलसी देवकोटाले बताइन् । उनले भनिन्,‘केही व्यक्तिको बद्मासीका कारण सबै सहकारीलाई बद्नामित बनाइनु हुँदैन ।’ गाउँबस्तीका सामान्य जनजीविका चलाउने किसानको आर्थिक बृद्धिदरमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको उनले बताइन् ।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले सहकारीका माध्यमबाट किसान र कृषिलाई जोड्दै गएमा भारतबाट आयात हुने कृषिजन्य उपजहरुलाई रोक्न सकिने बताए । उनले भने,‘किसानले उत्पादन गरेको उपजले यहाँ बजार नपाउने, तर भारतको कृषि उपज भित्रिने गरेकाले सहकारीले कृषिउपजलाई बजारीकरणसँग जोड्न सक्नु अहिलेको आवश्यकता हो ।’

कार्यक्रममा सभापतिको आशनबाट बोल्दै जिल्ला सहकारी संघ लिमिटेड धनगढीका अध्यक्ष फणिराज सापकोटाले ६८ औ राष्ट्रिय सहकारी दिवसका अवसरमा सम्पूर्ण सहकारीकर्मीलाई शुभकामना दिए । उनले भने,‘सहकारी बद्नामित भइरहेका बेला सहकारीलाई सम्मानित बनाउन सबै सदस्यहरुको उत्तिकै जिम्मेबारी रहेको छ ।’ समाजको अर्थतन्त्र सुधारको एकमात्र बलियो खाम्बाका रुपमा रहेको सहकारी क्षेत्रलाई सबैको विश्वासिलो बनाउन आजैदेखि लाग्नुपर्ने उनले बताए ।


बुधबार बिहान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट पञ्चेबाजासहितको प्रभातफेरी नगर परिक्रमा गर्दै जिल्ला सहकारी संघ लिमिटेडको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा धनगढी, अत्तरिया, कैलारी गाउँपालिकासम्मका सहकारी तथा सहकारीकर्मीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Muligheden for gevinst er tættere med nvcasino online end du tror i aften

Betpuma Casino Online Gaming Platform Review and Comparison

Accesso sicuro per il tuo conto, guida completa a vivabet login e promozioni esclusive dedicate

Güncel adreslerle Pinco Casino giriş işlemlerini kolayca tamamlayın ve kazançlı fırsatları yakalayın

Fordelene ved underholdning vokser gennem nvcasino og skaber fantastiske præmier hver gang

Provocarea distractivă chickenroad în traficul aglomerat, un test de reflexe și strategie pentru fani

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

आन्तरिक पर्यटकको रोजाइ बन्दै राजकाँडा

जमुना न्युरे/कैलाली जिल्लाको प्राकृतिक सुन्दरतासँगै सुविधा सम्पन्न सडक र घरबास विस्तार भएपछि मोहन्याल गाउँपालिका–७ स्थित राजकाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ ।

अझै पढ्नुहोस्

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्