कैलाली/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो निर्वाचन क्षेत्रका दुई आयोजनको शिलान्य गर्नु भएको छ। बिहीबार मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नं.२ को १ मा रहेको हरैयाँपुरमा मरुवा, र व्यवस्थितनगर खेलमैदानमा प्याराफिट योजनाको शिलान्यस गर्नु भएको हो ।

लम्कीचुहा–७ को हरैयाँपुरमा निर्माण हुने मरुवाको शिलान्यास गर्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकारले पहिलो पटक मरुवा सहित मठमन्दिर जसले सुदूरपश्चिमका धर्म संस्कृति संरक्षण गर्न, प्रचार प्रसार र प्रवद्धन गर्नको लागि रातो किताबमा बजेट समावेश गरिएको बताउनु भयो।
‘सरकारले सम्पूर्ण जातजाती, धर्म संरस्कारलाई संरक्षण गर्नुपर्छ । आफूले मान्ने आस्था केन्द्रहरू फरक रहन सक्छन् ।;’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘मलाई लाग्छ सुदूरपश्चिम प्रदेश सरकार र केन्द्र सरकारले थारू जातीको देउथान मरुवा, परम्परागतरूपमा मान्दै आस्थाको केन्द्रको आएको सन्दर्भमा प्रदेश सरकारले बजेटमै व्यस्थापन गरेको छ ।’
त्यस्तै मुख्यमन्त्री शाहले प्रदेश सरकारबाट मरुवा निर्माणको लागि २ करोड रुपैयाँ विनियोज भइसकेको कुरा जानकारी गराउँदै प्रत्येक पालिका, गाउँमा गरिने निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो ।
लम्कीचुहा नगरपालिका–३ व्यवस्थित नगरमा निर्माण गर्न लागिएको १ करोड लागत बराबार प्याराफिट शिलान्यसपछि मुख्यमन्त्री कमल बहादुर शाह प्रदेश सरकार खेलकुदका संरचना निर्माण गर्ने अभियानमा अगाडि बढेको बताउनु भयो।
‘खेलकुदका क्षेत्रमा बजेट निर्माण गर्दा जिल्लाका आधारमा बजेट निर्माण गरिएको हो । प्रदेशका जिल्लाहरूमा आवश्यक खेलमैदानका संरचनाहरू निर्माणका काम भएको भइरहेको छ ।,’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘अहिले यो व्यवस्थित नगर खेलमैदानमा भइरहेको प्याराफिट निर्माणका लागि गत वर्ष पनि बवेट विनियोजन भएको थियो ।
यो वर्ष थप १ करोड रुपैयाँ विनियोजन भएको छ । टीकापुर स्पोटस् एकेडेमीको स्थापना भएको छ । त्यसैले प्रदेश सरकार खेलकुदका खेलकुद क्षेत्रका संरचना निर्माण गर्न प्रदेश सरकार अभियानमा अगाडि बढेको छ ।’
लम्कीचुहा नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष लव बहादुर शाहीले मुख्यमन्त्री शाहले प्याराफिट निर्माणका लागि गरिएको बजेट व्यवस्थापनका लागि धन्यवाद व्यक्त गर्नु भएको थियो।






