सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र नेपाली सेना प्रमुख प्रधान सेनापती सिग्देलबिच भेटघाट

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेना प्रमुख प्रधान सेनापति महारथी अशोकराज सिग्देलबिच आज बिहान धनगढीमा भेटघाट भएको छ।

भूतपूर्व सैनिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेश पुग्नु भएका सेना प्रमुख सिग्देलले मुख्यमन्त्री निवास पुगेर भेटघाट गरेका हुन्। सुदूरपश्चिम पृतना हेडक्वार्टर कैलालीमा आज भूतपूर्व सैनिक सम्मेलन हुँदै छ। त्यसको लागि उनी कैलाली पुगेका हुन्। भेटघाटको क्रममा दुवैबिच सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटन विकासको विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्मर बमले जानकारी दिए।

भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने बताए। यस प्रदेशको प्रसिद्ध धार्मिक स्थल बडिमालिकामा पर्यटन विकासका लागि नेपाली सेनाले काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः सीसीएस प्लस टु को साथ

जमुना न्युरे,धनगढी/ ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई क्रिसेन्ट सिटी स्कुल (सीसीएस प्लस टु) ले साथ दिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा

अझै पढ्नुहोस्