एसपिए कैलाली प्रिमियर लिग –३ : साजन र प्रकाशको उत्कृष्ट ब्याटिङमा भिमदत्तले उचाल्यो उपाधि

शेयेर गर्नुहोस

धनगढी /धनगढीको फाप्लामा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि कब्जा जमाएको होे ।

उपाधिसँगै भिमदत्तले नगद २ लाख जितेको छ । उपविजेता बनेको पुनर्वासले एक लाखमा चित्त बुझाएको छ । भिमदत्त नगरपालिकालाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अविजित अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय पारी खेले । भिमदत्त नगरपालिकालका लागि मिलन बोहराले ३४ रनको योगदान दिए ।

पुनर्वास नगरपालिकाका लागि भोजराज भट्टले ३ विकेट लिएपनि टिमलाई जिताउन भने सकेनन । कृष्ण कार्की र सागर भण्डारीले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका बीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनायो । पुनर्वासका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका बसन्त सिंह कार्कीले आक्रामक ब्याटिङ गरे ।

४० बलको सामना गरेका कार्कीले ७ चौका र ४ छक्काको मद्दतले अविजित ७२ रनको पारी खेले । त्यस्तै कप्तान बिपिन रावल ३८ रन,सुवास ऐर १८ रन,नवयुग बस्नेत १४ रन बनाए भने आशिष लुहार १२ रनमा रिटार्यड आउट भए । भिमदत्त नगरपालिकाका लागि साजन बिटालु,किरन चन्द,सन्तोष भट्ट र समिर बिष्टले समान एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Best Gambling Establishments Approving Neteller

Máquinas tragamonedas de juego de azar y finanzas: ClicCredito préstamos en línea México

La Experiencia de Casinos en Línea con Klar App préstamos en línea

Amazon Slots – Gry Slotowe z Dostępem do Darmowych Spinnów i Wygranych jackpotów

The Top 5 Highest Payout Online Casinos

The Legends of Robin Hood Casino Online Games Collection

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Значение адаптации в диалоговых решениях

Значение адаптации в диалоговых решениях Локализация задаёт умение интерактивной системы подстраиваться к запросам пользователей из разнообразных территорий. Процесс охватывает перевод текстов, модификацию графических компонентов и

अझै पढ्नुहोस्
राजनीति

टीकापुरका दलहरु चुनावको आन्तरिक तयारीमा, कुन वडामा कति मतदाता

टीकापुर/ कैलालीको टीकापुर लगायतका विभिन्न क्षेत्रमा राजनीतिक दलहरु चुनावकाे आन्तरिक तयारीमा जुटेका छन् ।सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेसँगै राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेर चुनावी

अझै पढ्नुहोस्
समाचार

प्रदेश सरकारको विभेदपूर्ण व्यवहारका विरुद्ध अनलाइन मिडिया सञ्चालकहरुको ध्यानाकर्षण

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका अनलाइन मिडियालाई विभेद गरेको छ । मन्त्रालयले आम सञ्चार क्षेत्रको संस्थागत

अझै पढ्नुहोस्