खो–खो विश्वकप उपविजेता नेपाली टोलीको धनगढीमा भव्य सम्मान

शेयेर गर्नुहोस


धनगढी, १८ माघ – प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय टोलीका १२ जना खेलाडी तथा व्यवस्थापकलाई धनगढीमा भव्य सम्मान गरिएको छ । सुदूरपश्चिम खो–खो संघको आयोजनामा कैलाली जिल्ला खो–खो संघको सहआयोजनामा खेलाडीहरूको सम्मानमा र्‍याली निकालिएको हो।

नेपाल खो–खो संघका कोषाध्यक्ष तथा महिला टिमका व्यवस्थापक कृष्ण पनेरुले खेलाडीहरूको उत्कृष्ट प्रदर्शनलाई कदर गर्दै सुदूरपश्चिम प्रदेशले सम्मानस्वरूप यो कार्यक्रम आयोजना गरेको बताए। उनका अनुसार महिला राष्ट्रिय टिमका ७ जना र पुरुष टिमका ५ जना खेलाडीलाई व्यवस्थापकसहित स्वागत गरिएको हो।

खेलाडीहरूको सम्मानमा धनगढीमा र्‍याली निकालिएको थियो। साथै, त्रिभुवन माध्यमिक विद्यालय, बोराडाडीमा विशेष कार्यक्रम आयोजना गरी खेलाडीहरूलाई खादा, माला र प्रमाणपत्र प्रदान गरियो। उक्त सम्मान कार्यक्रमले सुदूरपश्चिम प्रदेशमा खेलकुदको महत्त्वलाई अझ प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको छ।

ताजा खबर

Free Casino Site Games for Fun: Delight In the Thrill Without Spending a Penny

Casino Sites that Accept Mastercard: A Comprehensive Guide

Kasyno Płatność Blikiem: Wszystko, co musisz wiedzieć

Finest Online Slot Machine Casino: Your Ultimate Guide to Winning Big

The Ultimate Guide to Live Roulette Online in UK

सम्बन्धितखवर

छुटाउनु भयो कि !