महोत्सवको उद्घाटन सुदूर पश्चिम प्रदेका उद्योग,वन,वातावरण तथा पर्यटन मन्त्रीले गर्ने

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा लाग्ने घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव-२०८१ को तयारी पुरा भएको छ । हो“हमार संस्कृति हमार पहिचान,संस्कृति जगेर्ना करना हमार अभियान” भन्ने मूल नाराका साथ घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव-२०८१ भोली बाट सुरु हुदैछ ।

महोत्सवमा १ सय बराबरीको स्टलहरू रहेको  बताईएको छ । घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सवको उद्घाटन सुदूर पश्चिम प्रदेका उद्योग,वन,वातावरण तथा पर्यटन मन्त्री लक्ष्मण किशोर चौधरीले गर्ने घोडाघोडी नगर भल्मल्सा कार्य समितिका सचिव अमन चौधरीले जानकारी दिए ।

घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा मसिंर १९ गते देखी २१ गते सम्म घोराघोरी लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव चल्ने छ । महोत्सवमा घोडाघोडी नगरपालिका भित्रका ८२ गाउँका स्थानीयहरूको उपस्थित हुने बताइएको छ ।

महोत्सवमा थारु संस्कृति भल्काउने झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सँगै थारु समुदायको भेषभुषा झल्काउने विभिन्न नाचहरू समेत प्रस्तुत हुने आयोजकले जनाएको छ । कार्यक्रममा थारु समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगर लगायतको प्रस्तुति हुने जनाइएको छ ।

थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वक काल देखी गदै आएको बताइन्छ । अन्नबाली घर भित्राइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनु पर्ने मान्यता सहित यहाँ लवाङ्गी पूजा मनाइने गरिन्छ । पछिल्लो एक दशक देखि यहाँ महोत्सव समेत आयोजना हुन लागेको हो । यहाँ कैलाली,कञ्चनपुर,दाङबाट पनि ठुलो सङ्ख्यामा भक्तजनहरू आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Istituto per la Giochi di Azzardo Virtuale dellInstasino

Uitgebreide strategieën rondom de zombillion bonus voor maximale winst

Practical strategies for maximizing wins with spinking casino and bonus offers

Aktuelle Trends für Spieler mit nvcasino online und lukrativen Gewinnchancen

Aktuelle Strategien entwickeln, um mit dem ninlay casino erfolgreich zu spielen und Gewinne zu maximieren

Functionaliteit van de betonred app verrijkt uw digitale bouwproces aanzienlijk

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारीको ११ औं वार्षिक साधारण सभा सम्पन्न

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड स्थित घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सरोज न्यूरेको

अझै पढ्नुहोस्

Προοπτικές σπουδών και εξειδίκευση μέσω του https://rioace.edu.gr/ για μια επιτυχημένη καριέρα

Προοπτικές σπουδών και εξειδίκευση μέσω του https://rioace.edu.gr/ για μια επιτυχημένη καριέρα Η Σημασία της Επιλογής Προγράμματος Σπουδών Εξειδικευμένες Κατευθύνσεις και Προσαρμογή στις Απαιτήσεις της Αγοράς

अझै पढ्नुहोस्