TRENDING
What is the Best Canadian Online Casino for Customer Support?
What is the Best Canadian Online Casino for Customer Support?
What is the Best Canadian Online Casino for Customer Support?
What is the Best Canadian Online Casino for Customer Support?
What is the Best Canadian Online Casino for Customer Support?
Next
Prev

सरकारले उपभोक्ता समितिमार्फत काम गर्दैन :मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस


धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कुनै व्यक्ति संस्था तोकेर गएका योजना कार्यान्वयन नगर्न मातहतका निकायहरूलाई स्पष्ट निर्देशन दिएका छन् ।

प्रदेश विकास समस्या समाधानको बैठकमा मुख्यमन्त्री शाहले व्यक्ति संस्था तोकेर गएका योजना कार्यान्वयन नगर्न र प्रदेश सरकारका कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगराउन निर्देशन दिएका हुन् ।

प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, सचिव र विभिन्न आयोगका पदाधिकारीहरूलाई उपस्थित गराएर मुख्यमन्त्री शाहले प्रदेश सरकारको बजेटमा विनियोजित विकास निर्माणका सम्पूर्ण योजनाहरू ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्न निर्देशन दिए ।

‘बजेटमा बिचौलिया हाबी भएको गुनासो छ । त्यसैले प्रदेश सरकारले उपभोक्ता समितिमार्फत कुनै पनि काम गर्दैन । सम्बन्धित सबैलाई मेरो प्रस्ट निर्देशन छ । निर्देशनविपरीत कार्यान्वयन गर्ने सम्बन्धित कार्यालयका पदाधिकारीलाई कारबाही हुन्छ’, उनले भने, ‘मैले बजेट निर्माणकै क्रममा पनि स्पष्ट भनिसकेको छु ।’

मुख्यमन्त्री शाहले प्रदेश निजामती कर्मचारी संशोधित ऐन सांसदबाट पास भइसकेको र तत्काल नियमावली बनाई लोकसेवामार्फत रिक्त दरबन्दी परिपूर्ति गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिए ।

उनले हाल विधायन समितिमा छलफलमा रहेको सुदूरपश्चिम प्रदेश स्थानीय तहका कर्मचारी गठन सञ्चालन र सेवाका सर्तसम्बन्धी ऐन यसै अधिवेशनबाट पास गराउने गरी लाग्न सबैलाई निर्देशन दिए ।

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयनको विषयमा पनि मुख्यमन्त्री शाहले चासो राखेका थिए । उनले पुरानो निर्णय कार्यान्वयन गराउन पहल गर्ने नभए वैकल्पिक व्यवस्थाका विषयमा पनि प्रदेशसभामा छलफल गराउने बताए ।

उनले प्रदेशस्तरीय औद्योगिक क्षेत्रका रूपमा रहेको डुडेझाढी क्षेत्रलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।

आगामी वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने आर्थिक बजेट तथा कार्यक्रमलाई सही रुपमा अगाडि बढाउन योजनाको छनोट, तर्जुमा र विनियोजन तथा निर्माणको लागि प्रदेशसभा सदस्यहरूको अपनत्व रहने गरी एक कार्यदल निर्माण गर्ने मुख्यमन्त्री शाहले बताए ।

उनले सम्पूर्ण मन्त्रालयगत योजनाहरू कार्यान्वयन गर्न कार्यक्रम कार्यान्वयन तालिका बनाई पेश गर्नसमेत निर्देशन दिए ।

बैठकमा प्रदेश सरकारका गौरवका योजनाको चाँडै कार्यान्वयन गर्न र समस्यारत योजनाको समाधानका लागि योजनाको पुनरवलोकन गर्ने गरी कार्य अगाडि बढाउने विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी जेसिजको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा दीपक चन्द 

सुखड/घोडाघोडी जेसिजको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आगामी वर्ष २०२४ का लागि दीपक बहादुर चन्द लाई अध्यक्षमा चयन गर्दै दोस्रो अधिवेशन सम्पन्न भएको हो।

अझै पढ्नुहोस्

Лучшее онлайн‑казино: как выбрать и почему это важно для игроков Казахстана Понимание рынка онлайн‑казино в Казахстане В 2023‑2025 годах рынок азартных игр в стране растёт

अझै पढ्नुहोस्
समाचार

बुद्ध जयन्तीमा प्रदेश प्रमुखको आह्वान: अहिंसा, शान्ति र विश्वबन्धुत्वमा अग्रसर बनौं ।

कैलाली। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली जनता तथा बौद्ध धर्मावलम्बीहरूलाई अहिंसा, शान्ति र मैत्रीको

अझै पढ्नुहोस्