राजमार्गमा वन्यजन्तु मैत्री संरचनाको माग

शेयेर गर्नुहोस


कैलाली, भदौ २४/वन जंगल तथा करिडोरहरुमा विकासे योजना गर्दा वन्यजन्तु मैत्री पूर्वाधार बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । अब चौडाइ हुने पूर्व–पश्चिम राजमार्गमा वन्यजन्तु मैत्री पूर्वाधार निर्माण हुनुपर्ने उनीहरुले जोड दिएका हुन् । वन क्षेत्र तथा निकुञ्जमा रहेका सडक, विद्युत, सिँचाइ नहर लगायतका पूर्वाधार लगायतका विकास निर्माणका काम हुँदा वन्यजन्तु मैत्री बनाइनु पर्ने कैलाली र कञ्चनपुरका स्थानीयतहका जनप्रतिनि, वन्यजन्तु संरक्षणकर्मीहरुले बताएका हुन् ।


सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीले प्रदेश सरकारले नीति तथा कानुन निर्माणमा वन्यजन्तु संरक्षण क्षेत्रमा विशेष जोड दिने बताए । उनले भने,‘वन्यजन्तुलाई सडक तथा अन्य विकास निर्माणका संरचनामा सहजै ओहोर दोहोर गर्ने वातावरण भएमा उनीहरु बस्ती नपस्ने र जसले गर्दा मानव र वन्यजन्तु बीचको द्वन्द्व कम हुन्छ ।’ प्रदेश सरकारले अब बनाउने संरचना वातावरण र वन्यजन्तुमैत्री बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारमा प्रदेश सभा सदस्य डा. तारा जोशीले अनुसन्धान तथा अध्ययन गरेर वन्यजन्तुमैत्री संरचनाहरु बनाइनु पर्नेमा जोड दिए । उनले भने,‘हाम्रो देशमा अध्ययन अनुसन्धानविना नै योजना बनाइने गरेकाले समस्या सिर्जना हुने गरेको छ ।’ मानव र वन्यजन्तु दुवैको जीवन संरक्षण हुने खालको योजना र नीति बनाइनु पर्नेमा उनले जोड दिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्र शेषर चौधरीले निकुञ्ज तथा वन क्षेत्रमा वन्यजन्तु मैत्री पूर्वाधार नहुँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको बताए । उनले भने,‘वन्यजन्तुको पनि बाँच्न पाउने अधिकार छ, पूर्व पश्चिम राजमार्गमा बन्ने संरचनाहरु वन्यजन्तुमैत्री बन्नुपर्छ ।’ उनले सडकमा ‘अण्डर’ र ‘ओभर’ पास नहुँदा वन्यजन्तु दुर्घटनामा परेर मर्नेको संख्या बढेको बताए ।


आफ्नो नगरपालिकामा वन्यजन्तुले साह्रै दुःख दिएको बताउँदै कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले भने,‘मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन पनि वन्यजन्तुको रुट पत्ता सोही अनुसारको संरचना बनाइएमा समस्या समाधान हुन्छ ।’ कार्यक्रममा गोदावरी नगरपालिकाका उप मेयर शारदा रोकायाले वन्यजन्तुले किसानलाई दुःख दिइरहेको बताइन् । उनले भनिन्,‘किसानका बालीनाली वन्यजन्तुले खाइदिँदा मानव र वन्यजन्तुबीच द्वन्द्व छ । त्यसलाई न्युनीकरण गर्नका लागि पनि केही नीति बनाउनु जरुरी छ ।’


सडक निर्माणको कुनै मापदण्ड नभएका कारण पनि वन्यजन्तु दैनिक जसो दुर्घटनामा पर्ने गरेको प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्टले बताए । उनले भने,‘वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि विभिन्न राष्ट्रहरुमा गरिएको प्रयोगलार्ई पनि हामीले अनुशरण गर्नु पर्दछ ।’ सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जैविक विविधताका हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ ।


पूर्व पश्चिम राजमार्ग, रेलमार्ग, सिँचाइ परियोजना तथा विद्युतको हाइटेन्सन लाइन विस्तारका क्रममा वन्यजन्तु, चराचुरुङ्गीमाथि पर्ने असरका बारेमा नेचर मिडिया नेटवर्कले कैलाली र कञ्चनपुरका हाइवे क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, सम्बद्ध सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र वन्यजन्तु तथा वन संरक्षणकर्मीबीच धनगढीमा गरेको कार्यशाला गोष्ठीमा वन तथा वातावरणविद् डा. रोशन शेरचनले प्राकृतिक स्रोत संरक्षणमा रेखीय पूर्वाधारमा असर तथा असल अभ्यासका बारेमा जानकारी गराएका थिए भने स्थानीय शासनविज्ञ पुरुषोतम खतिवडाले स्थानीय सरकारले पूर्वाधार निर्माण गर्दा ध्यान दिनुपर्ने कुराबारे जानकारी गराएका थिए । कार्यक्रममा पूर्वपश्चिम राजमार्र्गको लम्कीदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका सम्मका स्थानीय तहका प्रमुख तथा उपप्र्रमुख, वन तथा वन्यजन्तु संरक्षणकर्मी र सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

ताजा खबर

Avia Masters: Where the Skies Become Your Playground

Kasyno Online Depozyt Blik: Przewodnik dla Graczy

Ruletka na prawdziwe pieniądze – poradnik dla graczy

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

छाडा पशु चौपायालाई आज गौशालामा व्यवस्थापन गरिदै

फूलवारी । धनगढी उपमहानगरपालिका वडा न. १४,१८ र १९ अर्थात् साबिकको फूलवारी गाबिसका छाडा पशु चौपायालाई आज गौशालामा व्यवस्थापन गरिदै छ । उपमहानगरपालिकाको आर्थिक सहयोगमा

अझै पढ्नुहोस्

Изучение стратегий olimpcasino и повышение шансов на успех в онлайн-казино сегодня

Изучение стратегий olimpcasino и повышение шансов на успех в онлайн-казино сегодня Понимание принципов работы игровых автоматов Выбор слотов с высоким RTP Стратегии управления банкроллом Система

अझै पढ्नुहोस्