डब्लुडब्लुजेको अध्यक्षमा खड्का

शेयेर गर्नुहोस

काठमाडौँ/क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को अध्यक्षमा रामकला खड्‌का चयन हुनुभएको छ । हिजो भएको १२औं साधारणसभा तथा सातौँ अधिवेशनको सर्वसम्मतिबाट उहाँ अध्यक्षमा चयन हुनुभएको हो।

अधिवेशनले उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिताकुमारी लामा, सतिव रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दीपा आलेलाई चयन गरेको छ । त्यसैगरी विशेष सदस्यमा सङ्गीता लामा, सदस्यहरूमा अम्बिका राजथला, सोनी शर्मा, शोभा मानन्धर, सीता विके, रुपा खड्‌का र लक्ष्मी बस्नेत चयन हुनुभएको छ । १२औं साधारणसभा तथा सातौँ अधिवेशनको उद्घाटन आजै बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्‌गीले गर्नुभएको थियो ।

सन् २००६ मा स्थापना भएको डब्लुडब्लुजेले स्वतन्त्र र जिम्मेवार प्रेसको वकालत गर्दै पत्रकार महिलाको हकहित तथा दक्षता अभिवृद्धिका लागि काम गर्दै आएको छ । संस्थाले महिला र सञ्चार क्षेत्रका नीति र कानुनलाई नजिकबाट अध्ययन एवं विश्लेषण गर्दै सम्बन्धित निकायलाई निरन्तर सुझाव दिँदै आएको छ ।

ताजा खबर

Getting Your Winnings Out in Australian Dollars

Lucky Jungle Kasino – Välsignad Lycka i Dolda Regnskogar

Glücksspiele bei BetOnRed Casino: Strategien und Erfahrungen von Spielern in Deutschland

Winning Strategies for AladdinsGold Casino Slots

Heats Casinon Nyheter och Utdelningar

RingoSpin Casino Classic Slot Machines Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

माघी होमस्टेमा लाटोकोसेरो उत्सब हुने

जमुना न्युरे,धनगढी /जब सूर्य अस्ताउन थाल्छ, मानिसहरू घरभित्र पस्छन्। धेरै जीवहरू बास बस्न थाल्छन्। सबै चराहरू गुँडमा फर्कन्छन्। चारैतिर अन्धकार हुन्छ। शान्त हुन्छ। तर, सबै

अझै पढ्नुहोस्