युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल

शेयेर गर्नुहोस

धनगढी, ३१ साउन / धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल भएको छ । अकाउण्टीविलीटि ल्याब नेपालले बिहीबार धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल गरेको हो ।

धनगढीमा युवा नीतिको आवश्यकता रहेको सहभागीले बताएका छन् । राष्ट्रिय युवा नीतिलाई टेकेर स्थानीय तहमा पनि युवा नीति बनाउन आवश्यक रहेको चन्द्रकान्त पनेरुले बताएका छन् । धनगढीमा भएका समस्यालाई समेटेर युवा नीति बनाउनुपर्नेमा उनले जोड दिएका छन् । युवाको रुचि र क्षमता अनुसार कार्यक्रमहरू ल्याउनुपर्नेमा उनको जोड छ ।

युनएफपिएका मदन बागचनले पहिलेको तुलनामा युवा नीतिको आवश्यकता अहिले फरक भएको बताए । धनगढी उपमहानगरपालिकामा बढी युवा भएको हुँदा युवाबाट रोजगारी सृजना गर्ने कार्यमा बढी जोड दिनुपर्ने उनको भनाई छ । युवाका कामलाई बजारीकरणसँग जोड्नुपर्नेमा ध्यान दिनुपर्ने उनले बताए ।

युनिसेफका प्रकाश आचार्यले नीति बनाउदा केन्द्रलाई नहेरेर यहाँको आवश्यकता अनुुसार बनाउनुपर्नेमा जोड दिए । यहाँको अवस्थालाई पनि हेरेर नीति बनाउनुपर्नेमा उनको जोड छ । युवाहरुलाई आशा जगाउन सकेमा युवा नीति सफल हुने उनको भनाई छ । कुनै पनि कामलाई नयाँ तरिकाले गर्नुपर्नेमा उनले जोड दिए । युवाहरुलाई मुलधारमा ल्याउनुुपर्ने उनकोे भनाई छ । केही काम नै नभएपछि युवाहरु लागुऔषधमा फसेको अवस्था हुँदा उनीहरुलाई सिप र रोजगारी संग जोड्नुपर्ने उनको भनाई छ । युवालाई उद्यमशिलतामा जोड्ने र डिजीटल शिक्षामा बढी जोड दिनुपर्ने उनको भनाई छ ।

धनगढीमा युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने युवा शान्ति परिषद्का अध्यक्ष प्रेम ढुंगानाले बताए । धनगढीमा रहेका दक्ष जनशक्ति कति छन् भनेर ड्राफ्ट बनाएर अघि बढनुुपर्नेमा उनले जोड दिए । धनगढीमा दक्ष जनशक्ति भए पनि काम नपाउँदा उनीहरूलाई समस्या भएको उनले बताए । स्वास्थ्य शिक्षा क्षेत्रमा भएका समस्यालाई धनगढी उपमहानगरपालिकाले ध्यान दिनुपर्ने उनको भनाई छ । । कुन सिप भएका युवालाई कुन क्षेत्रमा जोड्ने भन्ने विषयमा पालिकाले ध्यान दिनुपर्ने उनले बताए ।

नीति बनाएर त्यसमा के छ भन्ने विषयमा सबैलाई जानकारी गराउनु पर्ने मर्सिकोरका संगिता अधिकारी बताइन् ।

युवालाई समेटेर उनीहरुका समस्यालाई लिएर अगाडी बढ्नुपर्ने उनको भनाई छ । अदक्ष जनशक्ति अहिले बाहिर गइरहेको उनले बताइन् । कृर्षिमा पनि आधुनिकीकरण गर्न सक्यौ भने राम्रो हुने उनको भनाई छ । युवा क्षेत्र दुव्र्यशनमा फस्दै गइरहेको हुँदा यसमा पनि ध्यान दिनपर्ने उनले बताइन् । पढाई सँगै रोजगारीमा ध्यान दिइनुपर्ने उनको भनाई छ ।

दलित अधिकार मञ्चका बिमला कडायतले कामको सम्मान युवाले पाउन नसकेको बताइन् । कामको सम्मानलाई विशेष ध्यान दिइनुपर्ने उनको भनाई छ । महिला दलित तथा अन्य समुदायलाई पनि समेटेर अघि बढ्नुपर्नेमा उनको जोड छ ।

लैगिंक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई पनि एकदमै खुलेर आउने अवस्था अझै नभएको एकता नेपालका राज चौधरीले बताए । शिक्षा, तथा रोजगारीमा युवालाई अझै समस्या हुने गरेको छ । पहिचानको कारण रोजगारी पाउन पनि समस्या भएको हुँदा यसमा बढी ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

ओरेक नेपालका गीता चौधरीले समाज परिवर्तनका लागि युवा नीति आवश्यकता बढी रहेको उनले बताइन् । यसमा युवाहरूको चासो कम देखिएको उनको भनाई छ ।

स्थानीय तहले संघिय सरकारको युवा नीतिलाई टेकेरै नीति बनाउने धनगढी उपमहानगरपालिका सामाजिक विकाश शाखा प्रमुख टंक बहादुर विष्टले बताए । ुुवार्षिक नीतिमा युवा नीति आउँछ तर, आवधिक नीति बन्न सकेको छैन ( उनले भने ।ुु उनले संघिय सरकारको युवा नीतिलाई टेकेर नीति बनाए पनि यहाँको अवस्थालाई हेरेर नीति निर्माण गर्ने बताए । स्थानीय तहमा कस्तो नीति बनाउनुपर्छ भनेर काम गरिरहेको उनको भनाई छ । धनगढी उपमहानगरपालिकाले गरिरहेको काममा अहिले सबै जिल्लालाई समेटेको उनको भनाई छ । धनगढीले बनाउने युवा नीतिले अरू क्षेत्रलाई पनि समेट्ने उनको भनाई छ । उनले युुुवालाई स्वदेश र विदेश दुबै क्षेत्रमा काम लाग्ने सिप सिकाउनुपर्नेमा जोड दिए । नीति बनाउँदा सन्तुलन कायम गरेर बढाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अकाउण्टीविलीटि ल्याबका कार्यक्रम संयोजक गंगा भण्डारीले गरेकी हुन् । कार्यक्रम सञ्चालन तेज बोहराले गरेका थिए।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सामुदायिक बनका पदाधिकारीहरुलाई बन डढेलो ब्यबस्थापन तालिम

जमुना न्युरे,सुखड/कैलालीको भजनिमा सामुदायिक बनका पदाधिकारीहरुलाइ बन डढेलो ब्यबस्थापन सम्बन्धि तालिम दिएको छ । डिभिजन बन कार्यलय पहमानपुर आयोजना र तराइ भु – परिधी कार्यक्रम

अझै पढ्नुहोस्

Mostbet দিয়ে কিভাবে টাকা ইনকাম করা যায় কৌশলগত অবকাঠামো তৈরি করে

Mostbet দিয়ে কিভাবে টাকা ইনকাম করা যায় কৌশলগত অবকাঠামো তৈরি করে অনলাইন গেমিং এবং বেটিং এর জগতে Mostbet একটি জনপ্রিয় প্ল্যাটফর্ম। আপনি যদি সঠিক কৌশল

अझै पढ्नुहोस्
समाचार

बाढीपीडित क्षेत्रका उच्च धारा र शाैचालय प्रयाेग विहिन

डम्मर सिंह साउंदभजनी/ कैलालीका अधिकांश बाढीपीडित क्षेत्रमा बनाइएका उच्च धारा र उच्च शाैचालय सुरु देखि नै प्रयाेग विहिन रहेका छन् । कैलालीकाे दक्षिणी बाढीपीडित क्षेत्रका

अझै पढ्नुहोस्