नेपाल पर्यटन बोर्ड सुदुरपश्चिम प्रादेशिक कार्यालय बन्द, कर्मचारीको बिचल्ली, न नियुक्ति पाए न त सेवासुबिधा नै

शेयेर गर्नुहोस

धनगढी/आजभन्दा २९ महिना अघि बडो तामझामका साथ उदघाटन गरिएको नेपाल पर्यटन बोर्डको प्रादेशिक कार्यालय बन्द भएको छ । कार्यालय बन्द भएसंगै त्यहाँ कार्यरत कर्मचारीहरुलाई कुनै सेवा सुबिधा समेत नदिई निकालिएको छ ।

जिल्ला समन्वय समिती कैलालीले धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको उक्त भवनमा उपमहानगरपालिकाले साउन ७ गतेदेखि ताला लगाएपछि कार्यालय बन्द भएको हो ।

जिल्ला समन्वय समिती कैलालीले त्यतिबेला निशुल्क रुपमा उपलब्ध गराएको धनगढी उपमहानगरपालिकासंगै रहेको भवनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले २०७८ पौष ५ गते नेपाल पर्यटन बोर्ड सुदुरपश्चिम प्रादेशिक कार्यालयको उदघाटन गरेका थिए ।

पर्यटन प्रबर्द्धन गर्ने भन्दै तत्कालका लागि बोर्डमा एक प्रबन्धक र अधिकृतस्तरको कर्मचारी खटाइएको र आवश्यकता अनुसार बजेट र कर्मचारीको व्यवस्था गरिने बताइएपनी अहिलेसम्म कुनै कर्मचारी, सेवा सुबिधा मात्रै हैन कार्यालयले नै बैधानिकता नपाउदै बन्द भएको छ ।

कार्यालयको उदघाटन गर्दै तत्कालीन मन्त्री आलेले यसअघि लुम्बिनी प्रदेशको नेपालगन्जमा रहेको क्षेत्रीय सम्पर्क कार्यालयले सुदूरपश्चिममा समेत बोर्डको कामकारबाही हेर्ने गरेको बताउदै त्यसको अन्त्य हुने बताएका थिए ।

कार्यालय बन्द भएपछि नहुँदा बोर्डले गर्ने पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सुदूरपश्चिममा हुन नसकेको यहाँका पर्यटन व्यवसायीले गुनासो गर्दै आएका थिए। क्षेत्रीय कार्यालयको स्थापना हुने भएपछि पर्यटकीय क्षेत्रबारे सूचना दिने, प्रचारप्रसार गर्नेलगायत काम हुने अपेक्षा रहेको भएपनी अहिले आएर कार्यालय नै बन्द भएपछि पर्यटन गतिविधि नै शून्य हुने हो कि भन्ने चिन्ता लागेको नाटा सुदुरपश्चिमका अध्यक्ष पदम बिक्रम सिंहले बताए ।

तत्कालीन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले मन्त्री आलेको लहडका कारण सुदुरपश्चिममा प्रादेशिक पर्यटन कार्यालय स्थापना गरिएको बताए । उनले आफू निलम्बनमा परेका बेला बोर्डको बैठकनै नडाकी मन्त्री आलेले स्थापना गरेको उक्त कार्यालयको बैधानिकता नै नरहेको जिकिर गरेका थिए ।

यता कार्यालय सहयोगीको रुपमा काम गर्दै आइरहेकी जानकी थापा र शिवकुमार रानाले न त सेवासुबिधा वाफत तलब नै पाए न त नियुक्ति पत्र नै । अचानक धनगढी उपमहानगरपालिकाले कार्यालय खाली गर्न भन्दै ताला लगायपछी आफुहरु बिचल्लीमा परेको थापाले बताइन ।

कार्यालय स्थापना भएदेखि नै आफू नियमित रुपमा कार्यालय आइरहेको र तलब उपलब्ध गराइदिन पटक-पटक पत्राचार गरेकोभएनी नपाएको बताउदै उनले पत्रको जवाफ समेत नपाएको प्रती दुखेसो पोखिन ।

आफू कामको खोजिमा रहेको बेला तत्कालीन मन्त्रीले यहाँ काम गर्दैगर्नु भनेको बताउदै थापाले अहिले आएर मन्त्रीले समेत फोन उठाउन छोडेको बताइन । उनले मासिक पच्चीस हजारका दरले तलब दिने मौखिक रुपमा जानकारी गराएको भएपनी २९ महिनासम्म तलब नै नपाई कार्यालय बन्द हुँदा आफुहरु निकै समस्यामा परेको बताउदै आफुहरुले पाउनुपर्ने सेवा सुबिधा उपलब्ध गराइदिन पहल गरिदिन आग्रह गरिन ।

ताजा खबर

Understanding Online ESA Letters: A Comprehensive Guide

Лучшие Игровые предприятия, одобряющие Neteller: Всестороннее Обзор

Roulette Tournaments: A Comprehensive Guide

Begeisternde Erfahrungen mit play jonny in neuen Dimensionen und kreativer Freiheit

Einsteiger-Ratgeber für playjonny mit Tipps und Tricks zum Erfolg

Rentabilidad potencial de highfly bet casino en mercados digitales emergentes

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Πραγματική διασκέδαση με το tonyspins και μοναδικές εμπειρίες παιχνιδιού για κάθε παίκτη

Πραγματική διασκέδαση με το tonyspins και μοναδικές εμπειρίες παιχνιδιού για κάθε παίκτη Η Εξερεύνηση της Ποικιλίας των Παιχνιδιών στο Tonyspins Παιχνίδια με Ζωντανούς Κρουπιέρηδες: Η

अझै पढ्नुहोस्

These tips will help you improve your chances of success when playing online slots. Online casinos and their slot machines are becoming increasingly popular with

अझै पढ्नुहोस्