डल्फिन देखिन थाले मोहना ,पथरैया , काढाँ र कान्द्रा नदिमा

शेयेर गर्नुहोस

जमुना न्युरे,भजनी/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ ढुंगाना टोल को बैदीमा कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन आइपुगेका छन् । कैलालीको मोहना , पथरैया ,काढाँ र कान्द्रा नदीमा डल्फिनको आएका हुन् । 

नदीहरूमा पानीको सतह बढेपछि दुर्लभ जलप्राणी डल्फिन आइपुगेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार असार को दोस्रो साता देखि मोहना , पथरैया ,काढाँ र कान्द्रा नदीमा गरी १२ वटासम्म डल्फिन बच्चा सहित देखा परिरहेका छन् । । टीकापुर नगरपालिका –७ ढुंगाना टोल बैदीस्थित नदीमा यी डल्फिन देखा परिरहेका छन् । 

कर्णाली नदीमा वर्षभरि नै बस्ने डल्फिन मोहना, पथरैया, कान्द्रा, काँढालगायतका सहायक नदीमा भने मनसुन अवधिभरि ३ महिना मात्रै बस्ने गर्छन् । नदीमा पानीको सतह बढेपछि यहाँ बच्चा हुर्काउन डल्फिन आउने गरेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष ढुङ्गानाले जानकारी दिए । बर्षादको समयमा कर्णालिका साहयक नदीहरुमा रमाउने डल्फिनहरू मनसुन बाहिरिएसँगै पानीको गहिराइ खोज्दै तल्लो पुन कर्णाली नदिमै जानेगरेका छन् । यो बर्ष घडियाल गोहिले पनि बच्चा कोरलेको छ।

आन्तरिक पर्यटन बनेर डल्फिन हेर्नका लागि मोहना किनारमा पुगेका वन बिभागका पुर्ब उपमहानिर्देशक प्रयाग राज ताम्राकार नजिक बाट डल्फिन , घाडियाल , मगर गोहि देखेको बताए ।यसरि यहाँ डल्फिन ,घडियाल गोहिले स्वच्छ पानीमा बस्ने हुँदा स्थानीय स्तर बाट यसको सरक्षण गर्न जरुरी रहेको ,स्थानीयहरुलाइ सचेतना जगाउनु बताए ।
यहाँ आउने आन्तरिक तथा बाहय पर्यटकलाई बस्नको लागि बास , खाजाको लागि खाजाघर निर्माण गर्न सके अझै सहज हुने बताए ।

यी साहयक नदिहरुमा शुद्व पानीमा पाउने भएकाले डल्फिनले प्रजनन केन्द्र रुपमा पनि यी नदिहरुलाइ रोज्ने गरेको ढुंगानाले बताए ।बर्ष भरिमा कुनै चहलपहल नहुने ढुंगाना टोल बैदिमा बर्षातको समयमा मनसुन सुरु भय पछि डल्फिन देखिन थाले पछि यहाँ डल्फिन अवलोकनका लागि आन्तरिक पर्यटन तथा विदेश पर्यटनहरु डल्फिन सङ्ग रमाउन आउने गर्छन् र कैलालीमा यी चार वटा नदिको सङ्गम जहाँ डल्फिनलाई नाङ्गो आखाँले अत्यन्त नजिकबाट डल्फिन अवलोकन गर्न पाइन्छ ।

अरु समयमा कहिले आखाँ नपर्ने बर्षातको सबैको आँखा यो ढुङ्गाना टोलमा पुग्ने गरेको भए पनि बिकास भने हुन सकेको छैन । विभिन्न सघ सस्थाहरुले जनचेतनाका कार्यक्रम बाहेक दिगो रुपमा कार्यक्रम नभएको बिजय राज श्रेष्ठले बताए । सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यन्वयन इकाइले यश क्षेत्रलाई बिकासका लागि केही कार्यक्रम गर्ने यहाँ डल्फिन ,घडियाल , मगरगोही अवलोकन गर्न आउने पर्यटकका लागि आवासिय घर , होमस्टे सन्चालनका काम गरिने इकाइका निमित प्रमुख डबल बोहराले जानकारी दिए ।

ताजा खबर

Funbet Casino on the Go: Snelle Mobiele Sessies Die In Een Koffiepauze Passen

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्