TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

पत्रकार धनराज (अविरल) युरोपको माल्टामा सम्मानित

शेयेर गर्नुहोस

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाद्धारा पत्रकार धनराज विक (अविरल) सम्मानित भएका छन् । नेपालमा पत्रकारिता गर्दै आएका विक युरोपमा आएर पनि पत्रकारितामा सक्रिय रहेर प्रवासी नेपालीका पक्षमा कलम चलाएको भन्दै सम्मानित भएका हुन् ।

कामको व्यस्ततासंगै पत्रकार अविरलले माल्टामा निरन्तर समाचार लेख्दै आउनु भएकोले पत्रकारितामा गरेको योगदानको मूल्यांकन गरेर अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले सम्मान पत्र प्रदान गरी सोमबार सम्मान गरेको संस्थाका अध्यक्ष बासुदेव भूषालले बताए ।

नेपाली खानालाई विश्वमा चिनाउन र नेपाली खानाको प्रवद्धन गर्ने उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले गरेका कामको बारेमा अनुमोदन खबर अनलाइनमा निरन्तर समाचार प्रकाशन गरी संस्थालाई उचाईमा पुगाउने काम गरेकोले संस्थागत रुपमा निर्णय गर्दै सम्मान गरिएको भूषालले बताए ।

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका उपाध्यक्ष एवम नेपालबाट श्रमगरेर माल्टा आउने पहिलो नेपालीको पहिचान बनाएका बावु अर्यालले पत्रकार अविरलको समाचार लेखनको प्रशंसा गरे । सक्रिय रुपमा पत्रिकारिता गर्दै, प्रवासी नेपालीका पक्षमा समाचार लेख्दै युरोपमा नेपाललाई चिनाउन भूमिका खेलेको भन्दै उहाँलाई सम्मान गरेको अर्यालले बताए ।

१४ वर्षदेखि माल्टामा रहँदै आएका अर्याल स्थायी रुपमा माल्टामा परिवार सहित बस्दै आएकाछन् । सफल व्यवसायीको रुपमा चिनिएका अर्यालले भने, “ पत्रकार अविरल माल्टामा आएपछि प्रवासी नेपालीका गतिबिधिहरु निरन्तर समाचारमा समेटिएका छन् र समाचारको सकारात्मक प्रभाव परेको छ ।”

कामको निकै व्यस्तताबाट समय निकालेर पत्रकार अविरलले माल्टामा समाचार लेख्ने काम गर्नु भएको छ । प्रदेशको ठाउँमा निरन्तर पत्रकारिता गर्दै आउनु भएका अविरलको संस्थाले उच्च मूल्यांकन गरेर सम्मान गरेको सचिव सुन्दर घिमिरले बताएकाछन् ।

सम्मान कार्यक्रमका सहभागी सेफहरुले पत्रकार धनराज विक अविरलको समाचार लेखनको दिल खोलेर प्रशंसा गरेका थिए । संस्थाले राम्रो छवि भएको इमानदार र नैतिकवान व्यक्तिलाई सम्मान गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको कृपा नराकोटले बताए ।

सम्मानित भएपछि अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टालाई धन्यवाद् दिदै आफू निकै खुसी भएको पत्रकार विकले बताएका छन् । उनले भने, “ अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले मलाई गरेको सम्मानले थप जिम्मेवार बनाएको छ ।”

लामो समयदेखि अनुमोदन राष्ट्रिय दैनिकमा कामगर्दै आएका विक अनुमोदन खबर अनलाइनका युरोप संवाददाता एवम् क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश सचिव , पत्रकार महासंघ कैलाली र पत्रकार महासंघ युरोप सदस्य समेत रहेका छन् ।

नेपालमा लामो समयदेखि पत्रकारिता, साहित्य, मानवअधिकार, मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शको क्षेत्रमा कार्यरत रहेका विक सबै क्षेत्रबाट सम्मानित भइसकेका छन् ।

सम्मानित भएका विकले २०६१ सालदेखि पत्रकारिता गर्दै आएका छन् । परिचर्चा दैनिक, टीकापुर दैनिक हुँदै सामुदायिक रेडियो टीकापुर एफएममा समेत पत्रकार विकले कामगरी सकेका छन् । २०८० साल कार्तिक २४ गते माल्टा आइपुगेका विकले माल्टामा पनि पत्रकारितालाई निरन्तरता दिदै आएका छन् ।

नेपालमा पनि धेरै ठाउँबाट सम्मानित भएका पत्रकार धनराज अविरल यरोपमा पनि सम्मानित भएको खबरले आफू निकै खुसी भएको सुदुरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष दिनेश नगरीले बताए ।

उनले भने, “ पत्रकार अविरल सम्मानित हुनै पर्ने व्यक्ति हो उहाँले माल्टामा पनि सम्मानित हुनेगरी पत्रकारिता संगै सामाजिक कामगर्दै आउनु भएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सामुदायिक वनमा मौरी पालन

कंचनपुर/कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ स्थित श्री ग्वालावारी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आज बुधबार मौरी पालन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ कार्यक्रम डिभिजन

अझै पढ्नुहोस्

O aventură incitantă îți testează limitele din chicken road slot, unde fiecare pas contează, iarchicken road pareri îți oferă tactici câștigătoare ca să să rămâi în siguranță – Învață în ce mod poți transforma fiecare rundă în o victorie, folosind un code promo chicken road și încercând aplicația chicken road app ca să mai mult control asupra riscului

Sari cu îndrăzneală și înfruntă provocările în chicken road game, unde fiecare decizie poate schimba soarta ta! Explorează mecanicile jocului chicken road Strategii eficiente pentru

अझै पढ्नुहोस्
समाचार

मेरो राजनीतिक प्रेरणाको स्रोत बिपी नै हुनुहुन्छ : सभापति देउवा

भदौ २४ ,काठमाडौं /नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको

अझै पढ्नुहोस्