TRENDING
Wie fange ich an, bei Sportwetten ohne Oasis zu wetten ohne Stress?
“1xbet App ᐉ Get 1xbet Mobile 1xbet Apk Android & Ios ᐉ 1xbet Fi
Unlocking Rewards: Common Bonuses at the Fastest Withdrawal Online Casino in Canada
Mostbet AZ Yükləmə: İstifadəçilər üçün Təhlükəsiz və Etibarlıdırmı?
Next
Prev

मुक्त भएको २४ बर्ष हुँदा पनि अझै पुनस्थापना भएन मुक्त कमैया

शेयेर गर्नुहोस

धनगढी । पुनस्र्थापनाबाट वञ्चित मुक्त कमैयाले तीन तहकै सरकारसँग पुनस्र्थापना तथा जीविकोपार्जन समस्या समाधान गर्न माग गरेका छन् । कमैया मुक्तिको २४ वर्ष पुग्दा पनि दुई हजार ३७५ मुक्त कमैयाको पुनस्र्थापना हुन सकेको छैन । पुनस्र्थापनाबाट वञ्चित मुक्त कमैया कठिन जीवन जिउन बाध्य छन् । पुनस्र्थापना नहुँदा जीविकोपार्जन गर्न नै समस्या रहेको गुनासो मुक्त कमैयाको छ । थारू समुदायबाट भू–दासका रूपमा जमिनदार वा मालिकका घरमा काम गर्न बाध्य भएकालाई २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरिएको थियो ।

सरकारले मुक्त गरे पनि सबैको पुनस्र्थापना र उचित रोजगारीको व्यवस्था हुन सकेको छैन । पुनस्र्थापना नहुँदा घरजग्गा र लालपु्र्जा पाएका मुक्त कमैयाले नै आफूहरूलाई हेला गर्ने गरेको कैलारी गाउँपालिका–३, ओमनगर मुक्त कमैया बस्तीकी कमला कुमालले बताए । ओमनगर बस्तीमा ७५ घरधुरी छन् । जसमध्ये ३८ परिवारसँग परिचयपत्र छ । बाँकी ३७ परिवारसँग परिचयपत्र छैन ।

पुनस्र्थापना हुन बाँकी रहेका मुक्त कमैया ऐलानी, पर्ती र सरकारी जग्गामा अव्यवस्थित रूपमा बसिरहेका छन् । अव्यवस्थित रूपमा बस्दै आएकालाई विभिन्न जालझेल गरेर उठाउने प्रयास भइरहेको धनगढी उपमहानगरपालिका–८, राधाकृष्ण बस्तीकी बजारी चौधरीले बताउए । २०५७ सालदेखि ऐलानी, पर्ती जग्गामा बस्दै आएकालाई कहिले विद्यालयको त कहिले राधाकृष्ण मन्दिरको जग्गा हो भनेर हटाउने चेष्टा भइरहेको उनको भनाइ छ । २०६८ सालबाट त्यो जग्गा मन्दिरको नाममा दर्ता गरिएको छ ।
यस्तै पुनस्र्थापना नहुँदा धनगढी उपमहानगरपालिका–१ मा ३४ परिवार कृषि बिउबिजन कम्पनीको जग्गा कब्जा गरेर २०६३ सालबाट बस्दै आएका छन् । मुक्त कमैया पुनस्र्थापनाका लागि पहल गर्नुपर्ने निकाय धनगढी उपमहानगरपालिकाले आफूहरूलाई त्यहाँबाट हटाउन खोजेको जालुराम चौधरीले जानकारी दिए ।

बाँकी रहेका मुक्त कमैयाको बेलैमा पुनस्र्थापना नहुँदा समस्यामा उठेको मुक्त कमैया महिला विकास मञ्चका प्रतिनिधि इन्द्र चौधरीले बताइन । कतिपय स्थानमा परिचयपत्र पाएका र परिचयपत्र नपाएका कमैयाबिच द्वन्द्वको अवस्था रहेको उनको भनाइ छ ।


यसैबिच मञ्चले नेपालमा रहेका २७ हजार ५७० परिवार मुक्त कमैयामध्ये पुनस्र्थापना हुन बाँकी रहेका दुई हजार ३७५ मुक्त कमैयाको पुनस्र्थापनाको कार्य अगाडि बढाउन माग गरेको छ । स्थानीय सरकार गठनपछि यो कार्य अगाडि बढ्न सकेको छैन । कमलरीको पुनस्र्थापना र जीविकोपार्जनका कार्यव्रmम सञ्चालन गर्न माग गरिएको छ । सरकारले जारी गरेको मुक्त कमैया, कमलरी तथा हलिया, हरवाचरवा पुस्र्थापनाका लागि तयार गरेको कार्यविधि २०७९ मन्त्रीपरिषद्बाट पारित गरी कार्यान्वयन गर्न पनि मञ्चले माग गरेको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा मुक्त कमैयाहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Wie fange ich an, bei Sportwetten ohne Oasis zu wetten ohne Stress?

“1xbet App ᐉ Get 1xbet Mobile 1xbet Apk Android & Ios ᐉ 1xbet Fi

Unlocking Rewards: Common Bonuses at the Fastest Withdrawal Online Casino in Canada

Mostbet AZ Yükləmə: İstifadəçilər üçün Təhlükəsiz və Etibarlıdırmı?

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुवर्ण शमशेर र गणेशमानकाे याेगदान देशका लागि थियोे : केन्द्रिय सदस्य भट्ट

धनगढी/नेपाली कांग्रेसकी केन्द्रिय सदस्य , विझान सूचना तथा प्रविधि बिभागका संयाेजक सुशीला मिश्र भट्टले सुवर्ण शमशेर र गणेशमानकाे याेगदान नेपाली कांग्रेसका लागि मात्रै नभएर देशका

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा माेटरसाइकल दुर्घटनामा परि दुई जनाकाे मृत्यु

टीकापुर/ कैलालीकाे टीकापुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ।शनिबार टीकापुर नगरपालिका वडा नं. २ विकाशपुरमा से.६ प. १९३१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

अझै पढ्नुहोस्