TRENDING
सालको गोलिया सहित घोडाघोडीबाट ट्याक्टर बरामद
The Ultimate Guide to Playing Roulette Platform
The Ultimate Guide to Roulette Games 2026 Online Casino
Roulette Europe Free Spins: A Complete Guide
Next
Prev

सुनौलो तोपचराको शुक्लाफाटा राष्ट्रिय निकुन्जमा गणना सुरु

शेयेर गर्नुहोस

विश्वमा दुलर्भ मानिएको सुनौलो तोपचराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि गणना सुरु गरेको छ । दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा गणना सुरु गरेको हो ।

अनुगमन कार्यमा रुफड फाउण्डेशन, चराविज्ञ सिम्रन ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) र निकुञ्ज कार्यालयका प्रतिनिधि संलग्न रहेका निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए । दक्षिण एसियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चराको आहारविहार, सङ्ख्या, बासस्थानलगायतको अध्ययन गरिने उनले बताए ।

“सुनौलो तोप चराको गुँडको अवस्था, सिकारी चराले पुर्याउने हानी, भाले र पोथीको सङ्ख्या, कस्तो प्रकारको कुन प्रजातिको रुखमा गुँड लगाउनेबारे अनुगमनका क्रममा अध्ययन गर्नेछौँ”, ऐरले भने, “योसँगै चरालाई कसरी संरक्षण गर्न सकिन्छ भनेर अनुगमनका क्रममा देखिएका समस्या र अवस्थाका बारेमा सरोकार भएकाबीच छलफल गरी संरक्षण र व्यवस्थापनको योजना बनाउने छौँ ।” नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै सुनौलो तोप चरा पाइने सूचना अधिकारी ऐरले जानकारी दिए । निकुञ्जको घाँसे मैदानको बीच भागमा यस चराले गुँडड लगाउने गर्दछ । झट्ट हेर्दा भगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको उनले बताए ।

“रुखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गुँडड लगाउने गर्दछ । गुँडड बनाएर यसले बच्च जन्माउने गर्दछ”, ऐरले भने, “तोप चरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।” सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो । “त्यसयता निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ । यसको सङ्ख्या वृद्धि गराउन निकुञ्जले प्रजनन क्षेत्रको विस्तार गर्ने काम गरिरहेको छ”, उनले भने ।

गत वर्ष गरिएको अनुगमनबाट निकुञ्जमा सुनौलो तोप दुई सय ११ को सङ्ख्यामा देखापरेको बताउँदै सूचना अधिकारी ऐरले अघिल्लो वर्ष दुई सय ४४ को सङ्ख्यामा देखापरेका जानकारी दिए । “किसानको साथीका रूपमा रहेको उक्त चराले कीराफट्याङ्ग्रा खान मन पराउँछ”, उनले भने, “सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ ।”

निकुञ्ज नजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रुखमा गुँड लगाउने यसको विशेषता रहेको ऐरले बताए । उनका अनुसार मनसुनको समय सुनौलो तोप चराले अन्य समयमा भन्दा बढी प्रजनन गर्ने गर्दछ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोप चरासँगै चार सय २३ प्रजातिका चरा रहेका निकुञ्ज कार्यालयले जनाएको छ । तीमध्ये १९ किसिमका दुलर्भ प्रजातिमा पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सालको गोलिया सहित घोडाघोडीबाट ट्याक्टर बरामद

The Ultimate Guide to Playing Roulette Platform

The Ultimate Guide to Roulette Games 2026 Online Casino

Roulette Europe Free Spins: A Complete Guide

The Ultimate Guide to Live Roulette: Everything You Need to Know

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम डोटीका निरज नेपाल आइडलको टप सोह्रमा , भोटको लागि अपिल

धनगढी, ६ जेठ / सुदूरपश्चिम डोटीका निरज विश्वकर्मा नेपाल आइडल सिजन सिक्सको टप १६ भित्र अटाएका छन्। दिपायल सिलगढी ४ राजपुर घर भएका विश्वकर्मा सुदूरपश्चिमबाट

अझै पढ्नुहोस्
समाचार

डडेल्धुरामा चितुवा मृत फेला

धनगढी/डडेल्धुरामा एक चितुवा मृत फेला परेको छ । मंगलबार बिहान गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोडस्थित जानकी सामुदायिक वनमा चितुवा मृत अवस्थामा फेला परेको हो । प्रहरी

अझै पढ्नुहोस्
समाचार

प्रदेशको सम्भावना र समृद्धि देखाउन ‘सुदूरपश्चिम कचहरी २०८३’ हुँदै

कैलाली । सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका लागि ‘सुदूरपश्चिम कचहरी २०८३’ आयोजना हुने भएको छ। आगामी जेठ २ र ३ गते धनगढीमा

अझै पढ्नुहोस्