सुदूरपश्चिम प्रदेशस्तरिय होमस्टे ब्यबस्थापन तालिम सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,कंचनपुर/कंचनपुरको मझगाउमा स्थित रानाथारु होमस्टेमा सुदूरपश्चिम प्रदेशस्तरिय होमस्टे ब्यबस्थापन सम्बन्धि ५ दिने तालिम आज बाट सुरु भएको छ । प्रकृति ,सस्कृती र पर्यटन नेपालको पहिचान , समृद्ध मुलुक निमार्ण होमस्टेको अभियान भन्ने मुल नाराका साथ तालिम सुरु गरिएको हो।


कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश पर्यटन बिकास कार्यक्रम कायन्वयन इकाई धनगढीका प्रमुख डबल बहादुर बोहराले प्रदेश पर्यटन इकाइले पछिल्लो समयमा होमस्टे (घरबास ) कार्यक्रमलाई महत्त्वपूर्णका साथ हेरिरहेको बताए । उनले भने, होमस्टे कार्यक्रमले पर्या पर्यटन बिकास गर्छ भने अर्को तिर गाउँले परिवेशलाई विभिन्न ठाउँमा परिचित गराउछ गराउनुका साथै स्थानीयलाई रोजगारी दिएको छ ।

कार्यक्रममा बोल्दै डिभिजन बन कार्यलय कंचनपुरका निमित्त प्रमुख कालिराम चौधरीले यसरी सन्चालन भएका होमस्टेहरुलाइ नितिगत सुधार गर्न जरुरी रहेको बताए ।उनले होमस्टेमा आउने आन्तरिक तथा बाहय पर्यटकहरुका लागि स्थानीय रितिरिवाज , सास्कृतिकलाई नै बजारिकरण गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रम मा बोल्दै भिमदत्त नगरपालिका वडा १६ का अध्यक्ष केशब बिष्टले मझगाउ राना थारु होमस्टेले कंचनपुरको पर्यटन प्रबर्द्धन गर्न महत्वपूर्ण भुभिका खेलेको बताए । आउदा दिनहरुमा होमस्टेलाइ सहयोग गर्ने प्रतिबद्धता समेत उनले ब्यक्त गरेका छ्न ।


कार्यक्रममा रैथाने एग्रीप्रोडक्स नेपालका केन्द्रीय अध्यक्ष तिलक ढकाल , होमस्टे महासघं नेपालका केन्द्रिय अध्यक्ष प्रेमसकर मर्दनिया थारले सहजीकरण गरेका छन् ।होमस्टे महासघं नेपाल सुदूरपश्चिम प्रदेश समितिको आयोजना र प्रदेश पर्यटन कार्यक्रम कार्यन्वयन इकाई धनगढीको सहयोगमा आयोजना भएको कार्यक्रममा अन्तरप्रदेशमा रहेका होमस्टेहरु अबलोकन गराइ अनुभव आदानप्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश कार्य समितिका अध्यक्ष दिनेश चौधरीको सभापतित्वमा उद्घाटन सत्र सम्पन्न भएको कार्यक्रममा सुदूरपश्चिम का ६ जिल्लाका होमस्टे सन्चालकहरु सहभागी रहेका छन् ।

ताजा खबर

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Proč je stoprocentní lokalizace herní nápovědy do češtiny klíčem k úspěchu?

Live dealer tafels voor echte Nederlandse speler

सम्बन्धितखवर

छुटाउनु भयो कि !