TRENDING
Online Gambling Enterprise Canadian Payment Techniques: A Comprehensive Overview
Play Blackjack for Fun: An Overview to Enjoying the Classic Gambling Establishment Video Game
Casino Sites That Approve PayPal: A Guide to Protect and Convenient Online Betting
Penny Slot Machine Online: An Ultimate Overview for Casino Enthusiasts
Next
Prev

सुदूरपश्चिम प्रदेश प्रमुख जातीय छुवाछुत विरुद्ध राज्य लागिरहेको छ: मियाँ

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले जातीय छुवाछुत विरुद्ध राज्य लागिरहेको बताएका छन् । कैलालीको घोडाघोडीमा सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टिमले आयोजना गरिएको जातीय छुवाछुत विरुद्धको अन्तरक्रिया कार्यक्रमका प्रदेश प्रमुख मियाँले छुवाछुत अन्त्य नभई समाजको विकास सम्भव नहुने भन्दै राज्य नै छुवाछुत अन्यको लागि लागिपरेको बताएका हुन् ।

उनले संसारभरि नै छुवाछुत अन्त्यको अभियान सुरु भइरहेको भन्दै नेपाली समाजमा पनि त्यो अभियानलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको जिकिर गरेका थिए । छुवाछुत विरुद्ध बलियो कानुन समेत रहेको भन्दै प्रदेश प्रमुख मियाँले जातीय छुवाछुतलाई प्रशय दिए वा छुवाछुत गरे उक्त कानुनको दायरमा सबै आउनु पर्ने बताए ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले छुवाछुतको अन्त्य अझै हुन नसकेको बताएका थिए ।तीनै तहको सरकारले कार्यविधि जारी गरेको तर, पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो ।

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम राखेको बताए । इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ बहादुर साउदले छुवाछुत सम्बन्धी कानुनी व्यवस्था बारे सहभागीहरूलाई जानकारी गराएका थिए । उनले समुदाय स्तरमा छुवाछुत अन्त्य गर्न सबै लाग्नु पर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले प्रदेश प्रमुख मियाँ, नगर प्रमुख रावत र प्रहरी निरीक्षक साउदलाई छुवाछुत अन्त्य सम्बन्धी व्यवस्था र अवस्था बारे जिज्ञासा राखेका थिए ।

सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टिम संयोजक पुष्कर राज अवस्थीले छुवाछुत अन्त्यका लागि युवा वर्ग बढि सचेत रहनु पर्ने बताएका थिए । उनले सुदूरपश्चिम प्रदेशका बिभिन्न १० जिल्लामा यस्ता जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिने बताए । पहिलो चरणमा कैलालीको घोडाघोडीमा छुवाछुत विरुद्धको सचेतना मूलक कार्यक्रम आयोजना गरिएको हो । अन्य जिल्लामा लागू औषध, आत्महत्या, छुवाछुत र छाउपडी प्रथा लगायतका विषयमा अन्तरक्रिया गरिने अवस्थीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Online Gambling Enterprise Canadian Payment Techniques: A Comprehensive Overview

Play Blackjack for Fun: An Overview to Enjoying the Classic Gambling Establishment Video Game

Casino Sites That Approve PayPal: A Guide to Protect and Convenient Online Betting

Penny Slot Machine Online: An Ultimate Overview for Casino Enthusiasts

Free Casino Site Slot Gamings for Enjoyable: Appreciate the Thrills without Investing a Penny

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पर्यटन प्रवर्द्धन तथा सूचना केन्द्रको घर भन्दै बनाइयो चर्च

जमुना न्युरे,धनगढी/कैलालीमा पर्यटन प्रबद्र्धन तथा सुचना केन्द्रको भवन निर्माण गर्ने भनेर बिनियोजित बजेटमा चर्च बनाइएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय

अझै पढ्नुहोस्
राजनीति

नेपाली काङ्ग्रेस प्रदेश कार्यालय उद्घाटन

जमुना न्युरे,चाैमाला/ नेपाली काङ्ग्रेस क्षेत्र न.४ (क )को प्रदेश कार्यालयको आज गौरीगंगा नगरपालिकाको वडा न.१ चौमालामा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत(डोटेली कान्छा)ले एक

अझै पढ्नुहोस्