TRENDING
Hvordan man vælger et casino uden om rofus til gruppespil

Next
Prev

सेती अस्पताल कार्यरत फिजिसियन डाक्टर शर्मा पौडेलले धम्काएको भन्दै नेपाल औषधी व्यवसायी संघको ध्यानाकर्षण

शेयेर गर्नुहोस

धनगढी : सेती प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डाक्टर निराजन शर्मा पौडेलले धम्काएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन परेको छ। धनगढीमा रहेको गरिमा पोलिक्लिनिकका सञ्चालक समेत रहेका डक्टर सर्माले धम्क्याएको भन्दै नेपाल औषधी व्यवसायी संघ कैलालीले जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको हो।

निराजन शर्माले औषधी व्यवसायी मेगेन्द्र बोहरालाई धम्की दिएका हुन्। आज पत्रकार सम्मेलन गर्दै नेपाल औषधी व्यवसायी संघ कैलालीले सर्मालाई कावाृहीको माग समेत गरेको छ । शर्माले औषधी व्यवसायी बोहरालाई धम्काएपछि नेपाल औषधी व्यवसायी संघ कैलालीका अध्यक्ष प्रेमराज बुढा क्षेत्री शर्मालाई भेट्न गएका थिए।

अध्यक्ष क्षेत्रीलाई पनि डाक्टर शर्माले धम्काएको भन्दै प्रशासनमा उजुरी परेको हो। धनगढीमा रहेको डाक्टर शर्माको गरिमा पोलिक्लिनिक, साई फार्मेसी र गरिमा डेन्टलका लागि आवश्यक औषधीको आपूर्ति उत्पादक कम्पनीबाट सोझै नगरेको भन्दै धम्काउने गरेको आरोप छ। पत्रकार सम्मेलनमा बोहराले भने, ‘डाक्टर शर्माले कम्पनीबाट सोझै औषधी लिनुभएन। हाम्रो च्यानल हुन्छ। हामीले आपूर्ति गर्ने हो। कम्पनी, आयातकर्ता, सुपर वितरक र वितरक हुँदै औषधी हामी कहाँ आउने हो। उहाँले कम्पनीबाट बिलिङ्ग गर्नु खोज्नु भो, हामीसँग खरिद गर्नु भएन।’

जिल्ला प्रशासन कार्यालय कैलालीमा बुधवार दर्ता भएको निवेदनमा थोक औषधी व्यवसायीहरूसँग कम्पनीबाट सिधै मेरो क्लिनिकमा औषधी आउन तिमीहरूले किन रोक लगायौ भनि तथानाम गाली गर्ने गरेको, हकार्ने गरेको, तिमीहरूलाई जे पनि गर्न सक्छु, तिम्रा घर परिवारका सदस्यलाई अपहरण गर्न सक्छु, तिमीहरूलाई गुन्डा लगाएर जे पनि गर्न सक्नु भनेर तीन महिनादेखि धम्काउदै मानसिक यातना दिएको उल्लेख गरिएको छ।

नेपाल औषधी व्यवसायी संघ कैलालीका कार्यबाहक अध्यक्ष भक्तराज उप्रेतीले जिल्ला प्रशासनमा निवेदन दिएको धेरै समय भएपनि डक्टर सर्मालाई कार्वाही नभएको बताए। जिल्ला प्रशासनमा दर्ता भएको निवेदनको कारबाही अगाडि नबढेको भन्दै उप्रेतीले डक्टर सर्मामाथी कावाृही नभए आन्दोलनमा उत्रिने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Hvordan man vælger et casino uden om rofus til gruppespil

Hvordan man vælger et casino uden om rofus til gruppespil

Hvordan man vælger et casino uden om rofus til gruppespil

Hvordan man vælger et casino uden om rofus til gruppespil

Hvordan man vælger et casino uden om rofus til gruppespil

Mostbet APK Yükləmə: Ümumi Xətalar və Həlləri

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

परशुराम साहित्य महोत्सव २०८१’ सुरु

धनगढी/डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ सुरु भएको छ । धाममा दुई दिने साहित्य महोत्सव सुरु भएको हो । साहित्य, सङ्गीत, संस्कृति, भाषा र सभ्यताको

अझै पढ्नुहोस्
राजनीति

टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला सम्पन्न

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ मनिकापुरमा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा

अझै पढ्नुहोस्