TRENDING
Промокод на Олимп Бет: как выгодно использовать бонусы
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%
Next
Prev

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता : ‘ए’ डिभिजन लिगको उपाधि विजय स्पोर्ट्स क्लब धनगढीले जित्यो

शेयेर गर्नुहोस

१२ जेठ,सुखड । कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको ‘ए’ डिभिजन लिगको उपाधि विजय स्पोर्ट्स क्लब धनगढीले जितेको छ । विजय स्पोर्ट्स क्लब धनगढीले २ गोल प्रहार गर्दे घोडाघोडी क्लब घोडाघोडीलाई हराएर उपाधि जितेको हो ।

निर्धारित खेल समयमा घोडाघोडी क्लबले १ गोल मात्र फर्काउन सक्यो । यो खेल सँगै विजय स्पोर्ट्स क्लब धनगढीले ‘ए’ डिभिजन लिगको उपाधि चुम्न सफल भएको छ ।

अङ्क तालिकामा विजय स्पोर्ट्स क्लब धनगढी शीर्ष स्थानमा थियो भने घोडाघोडी क्लब घोडाघोडी दोस्रो स्थानमा थियो । शीर्ष स्थानमा रहेको विजय स्पोर्ट्स क्लब र दोस्रो स्थानमा रहेको घोडाघोडी क्लब बिच उपाधिको लागी आज खेल भएको थियो । उपाधि जितेको विजय स्पोर्ट्स क्लब धनगढीले ट्रफि र नगद ७५ हजार पुरस्कार पाएको छ । दोस्रो हुने टिम घोडाघोडी क्लब घोडाघोडीले नगद ३७ हजार ५ सय मात्र पुरस्कार पाएको छ ।

यस अधि ‘वि’ डिभिजन लिगको उपाधि मङ्गल युवा क्लब गौरीगङ्गा र क्वालिफायर्सको उपाधि सैपाल युवा क्लब गोदावरीले जितेका थिए । वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन भएको थियो । नेपाल फुटबल सङ्घ ९एन्फा० को वार्षिक कार्यपालिका अनुसार कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भएको थियो ।

प्रतियोगितामा जिल्लाका ‘ए’ डिभिजनका ७, ‘बि’ डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ । ‘ए’ डिभिजन लिगको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाएका छन् । त्यस्तै ‘बि’ डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Промокод на Олимп Бет: как выгодно использовать бонусы

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

ТОП-10 Секретных фишек Pinco, о которых не знают новички

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पुरैनातालको नक्साङ्कन माघ महिना देखि सुरु हुन्छ, प्र.जि.अ : मिश्र

जमुना न्युरे,कैलालीको भजनि नगरपालिका ७ स्थित पुरैना तालको नाप नक्साङ्कन / सिमाङ्कन कार्य आउदो माघ महिना बाट गरिने भएको छ । मङगबार स्थलगत अनुगमनमा पुगेका

अझै पढ्नुहोस्