धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा

शेयेर गर्नुहोस

धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ। धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका साथ आयोजना हुने दशौं संस्करणको धनगढी हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ। 

आगामी २०८१ बैशाख १ गते हुने हाफ म्याराथनको प्रायः अधिकांश तयारी सकिएको प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिए। २०१४ देखि नयाँ बर्षको अवसरमा आयोजना सुरु भएको धनगढी हाफ म्याराथनको दशौं संस्करणले नेपाल एथलेटिक्सबाट स्वीकृत प्राप्त गरेको छ। यो म्याराथनमा कुनै रेकर्ड बनेमा यसका रेकर्डहरुले पनि मान्यता पाउने संयोजक शाहले जानकारी दिए। 

धनगढी हाफ म्याराथनको विजेताले नगद ६६,६६६ उपविजेताले नगद ४४,४४४ र तेस्रो हुनेले नगद ३३,३३३ प्राप्त गर्नेछन्। विजेता पुरस्कार धनगढीको निसर्ग हस्पिटल, उपविजेता पुरस्कार कैलाली उद्योग वाणिज्य संघ र तेस्रो पुरस्कार माया मेट्रो हस्पिटलले प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ। 

प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको धनगढी हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर सहिद गेट हुदैं गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड भएर पुनः धनगढी रंगशालामा पुगेर समापन हुने पत्रकार सम्मेलनमा धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले बताए।

प्रतियोगिता अन्तर्गत महिला तर्फ तथा कर्पोरेट र सञ्चारको ५ किलो मिटरको दौड पनि आयोजना गरिनेछ । दुई वटै विधाका विजेताले नगद ६,६६६ उपविजेताले नगद ४,४४४ र तेस्रो हुनेले नगद ३,३३३ प्राप्त गर्ने धनगढी जेसिजका अध्यक्ष सिंहले बताए। 

प्रतियोगिताको मुख्य प्रबद्र्धकमा जेसिज एभरेष्ट स्कुल रहेको छ भने प्रायोजकमा चैतन्य पाठशाला रहेको छ। यसैगरी प्रतियोगिताको प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद, सुदूरपश्चिम प्रदेश युवा परिषद, धनगढी उपमहानगरपालिका र नवजीवन को अपरेटिभ्स लिमिटेड रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Gokkers vinden spanning en betrouwbaarheid bij betory casino, een veilig platform

Výhody investovania s thorfortune a budúcnosť majetku pre každého z nás

Absence de risque associée aux opportunités offertes par royal joker slots pour les joueurs avisés

Secretul succesului tău constă în a juca inteligent la royal joker casino și a câștiga constant

सम्बन्धितखवर

छुटाउनु भयो कि !

अर्थ

इन्धनको मूल्यमा वृद्धि

काठमाडौ / सरकारले गएराति देखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य

अझै पढ्नुहोस्
समाचार

नेपाल किसान महासंघ कैलालीको तदर्थ समितिमा सदस्य मनोनित

धनगढी, कार्तिक २÷नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ कैलालीको तदर्श जिल्ला कार्य समितिको पहिलो चरणमा सदस्य मनोनयन गरिएको छ । नेपाल किसान महासंघको विधान

अझै पढ्नुहोस्