११औं वार्षिक साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस


सुखड/घोडाघोडी नगरपालिका वडा ३ मा रहेको मोहन्याल सामुदायिक बन उपभोक्ता समुह नारायणपुरको ११ औ बार्सिक साधारणसभा आज सप्पन्न भएको छ ।

सामुदायिक बनका अध्यक्ष पार्बती न्युरेको सभापतित्वमा भएको कार्यक्रममा घोडाघोडी नगरपालिका वडा ३ का वडा अध्यक्ष कृष्ण गौतम प्रमुख अथिती रहेका थिय ।
प्रमुख अथितिको आसन बाट बोल्दै गौतमले सामुदायिक बनको भवनको निर्माणका लागि वडा बाट आफुले सहयोग गर्ने प्रतिबद्धता गरे ,सामुदायिक बन बाट महिलाहरुको नेतृत्व बिकास ,आय आर्जन जस्ता कार्यक्रम गर्नु पर्ने जोड दिए ।


सामुदायिक बन भनेको तपाई हाम्रो सम्पत्ति हो अपनत्व लिनु पर्छ , जल ,जमीन ,जङ्गल भय मात्र मानव बस्ती बिकास भएको हो , भोलिको पिडिका लागि जसरी सम्पती बचत गरेर राखिन्छ तेस्तै गरि बन लाई पनि जोगाएर राख्नु पर्ने , सामुदायिक को बिधान अनुसार काम गर्न जरुरी छ , बनको हैसियत सुधार्नु पर्यो ,सहि सदुपयोग हुने पर्ने , कैलालीमा पछिल्लो समयमा बन जङ्गल दिनहु भैरहेको बन अतिक्रमणले निकट भबिस्यमा मरुभूमि हुन्छ , तेहि भएर आजै बाट बन र जैबिक बिबिधता सरक्षणमा जुट्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै सब डिभिजन वन कार्यलय सुखडका ज्ञान बहादुर चौधरीले सामुदायिक वनले सामुदायिक बनको बिधान अनुसार , कार्ययोजना अनुसार आम्दानीको खर्च गर्नु पर्ने , बिधान अनुसार समुहको आम्दानीलाई विभिन्न शिर्षक अनुसार २५ % बन ब्यबस्थापन काम गर्नु पर्छ , गरिबी निवारण ३७.५% बजेट , ३७.५ %कार्यलय सन्चालन जस्ता शिर्षकमा अनिवार्य खर्च गर्नु ,आय आर्जन ,जिबिको पार्जन , बन ब्यबस्थापन ,बन बिकास कसरी गर्ने , सामुदायिक बनले स्थानीय सरकार सङ्ग समन्वय गरेमा अझै प्रभावकारी हुने , सामुदायिक बनले सधारणसभा समयमै गर्नु पर्ने बताए । प्रत्येक बर्ष गरिएका काम अभिलेखिकरण गर्दै , सस्थागत रूपमा नेतृत्व बिकास गर्दा सामुदायिक बनको बार्सिक आम्दानी को सामुदायिक बनको बिधान अनुसार गरिबी न्यूनीकरण गर्दै , यसरी सामुदायिक बन सरक्षण , सम्बर्द्धन गर्दै सदुपयोग गर्दा सहज रुपमा दाउरा , घाँस , स्याउला पाउन स्थानीयलाइ सहज भएको चौधरीले बताए ।

कार्यक्रममा सामुदायिक वनका सल्लाहकार सदस्य लक्ष्मी प्रसाद न्युरे , थाह्रा सामुदायिक वनका अध्यक्ष बिहरी लाल चौधरी , सल्लाहकार हिक्मत बिष्ट लगायत बक्ताहरु शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा आर्थिक बर्ष २०७९/२०८० को ५ लाख एकासी हजार दुई सय बहत्तर रुपैया बराबरको आयब्यय समुहका सचिब इश्वरि पन्तले प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

HighSpin Casino Slot Games for Players Worldwide

The Spinboss Casino Slot Machine Experience Review Guide

Mystbet Casino Slot Machines and Odds Explained

Spinfin Slot Machines and Player Strategies in Online Casino Games

Reaching the Underworld with Hadesbet Slots

The Evolution of Slimking Slots in Modern Casino Gaming

सम्बन्धितखवर

छुटाउनु भयो कि !