कैलालीमा पत्रकार महासंघको स्थापना दिवसमा सुदृष्टि आँखा केन्द्रको निःशुल्क चेकजाँच

शेयेर गर्नुहोस

धनगढी /धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको सुदृष्टि आँखा केन्द्रले आज शुक्रबार पत्रकारहरुको निःशुल्क आँखा चेकजाँच गरेको छ । पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको अवसरमा सुदृष्टि आँखा केन्द्रले १२ जना पत्रकारको निःशुल्क आँखा चेकजाँच गरेको हो।

स्थापना दिवसको अवसरमा पत्रकार साथीहरुलाई राहत होस् भनेर सुदृष्टि आँखा उपचार केन्द्रमा निःशुल्क आँखा चेकजाँचको व्यवस्था मिलाएको पत्रकार श्रवण देउवाले जानकारी दिए। पत्रकार साथीहरु बिभिन्न रिर्पोटिङमा जाँदा होस् या अफिसमै कम्युटरमा बसेर काम गर्दा आँखा सम्बन्धी रोग लाग्ने सम्भावना भएकाले यो ब्यवस्था मिलाएको पत्रकार देउवाले बताए ।

सुदृष्टि आँखा केन्द्रकी सञ्चालक डा। सावित्री भट्टले चेकजाँचका क्रममा पत्रकारहरूलाई चश्मामा १५ प्रतिशत र सनग्लासमा २० प्रतिशत छुट दिइएको बताइन्। उनले पत्रकारलाई अन्य दिनमा पनि विशेष छुट दिने व्यवस्था रहेको जानकारी दिइन्। सो अवसरमा धनगढी लगायत अन्य क्षेत्रमा कार्यरत पत्रकारहरूले पनि आँखा चेकजाँच गरेका थिए। पेशागत तथा प्रदेशको एकमात्र बाल दृष्टि बिशेषज्ञ समेत रहेकी डाक्टर भट्ट बिद्यालय आँखा स्वास्थ्य कार्यक्रममा नेपालको आँखा स्वास्थ्य रणनिती २०७९र८६ मा आधारित भएर काम गर्दै आएकी छिन्।

उनी नेपाल दृष्टि विशेषज्ञ संघ सुदूरपश्चिमबाट प्रत्येक विद्यालयमा आयोजना हुने ऑखा स्वास्थ्य कार्यक्रम, ऑखा स्वास्थ्य सम्बन्धि जानकारीमूलक कक्षा,ऑखा तथा चस्मा जाँच बारे जानकारी तथा उपचार सेवा प्रदान गर्दै आएकी छिन्। ४ बर्ष कैलालीको गेटा आँखा अस्पतालमा काम गरेकी डाक्टर भट्टले आफ्नै मल्टिस्पेसियालीटि आई केयरको रुपमा सञ्चालनमा ल्याइएको सुदृष्टि आँखा केन्द्र मार्फत बालकदेखि बृद्ध उमेर समुहका आँखा सम्बन्धी बिरामी, गुणस्तरीय रुपमा आँखा तथा चस्मा जाँच,औषधी उपचार, ग्लास, भिजन, थेरापी र कन्टयाक लेन्सको काम भैरहेको बताइन्।

उनले भनिन्, सुदृष्टिमा विशेषज्ञबाट अरु भन्दा फरक गुणस्तरीय र उत्कृष्ट रुपमा सेवा प्रदान साथै विशेष गरि विभिन्न पेशा, व्यवसायमा लागेकाहरुका लागि पेशागतरुपमा लगाइने चस्मा बनाइने गरिन्छ । बच्चाहरुमा चस्मा लगाउनु पर्ने अवस्था एकदमै बढीरहेको छ,उनले भनिन्, सम्पुर्ण अभिभावकले गुणस्तरीय आँखा स्वास्थ्य र दृस्टीह्रासबाट बच्न समयमै बिशेषज्ञबाट मात्रै आँखा जाँच सुझाब दिन्छु । आँखाको सुरक्षा र गुणस्तरियतामा ब्यक्ती आफैले सचेत रहन आग्रक पनी गर्छु, उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

1win — официальный сайт букмекерской конторы 1вин

Consistent gameplay and capospin casino for seasoned online players

Вавада Казино Официальный Сайт – Вход на Рабочее Зеркало Vavada

Пин Ап Казино Официальный Сайт – Играть в Онлайн Казино Pin Up

1win – apuestas seguras y casino online en un solo lugar

Пин Ап Казино Официальный Сайт – Играть в Онлайн Казино Pin Up

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्