सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार सघाउने नागरिक उन्मुक्ति पार्टी

शेयेर गर्नुहोस

धनगढी/नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने भएको छ । संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार कांग्रेसलाई सघाउने निर्णय गरेको हो ।

‘हामी अहिले सम्म पनि कांग्रेस नेतृत्वकै सरकारमा छौँ हामीले यहि सरकारलाई सघाउने निर्णय गरेका छौँ’ संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले भने ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका ७ सांसद छन् । ती मध्ये पाँच मन्त्री छन् । उनीहरुले मुख्यमन्त्री कमल बहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका हुन् ।

आजको बैठकमा कैलाश चौधरी र टिका थापा उपस्थित थिएनन् । संसदीय दलका नेता घनश्याम  चौधरीका अनुसार उनीहरु दुबैलाई पनि सरकारमा ल्याउने गरि छलफल गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको हो । 

अहिले नागरिक उन्मुक्तिले विश्वासको मत दिने निर्णय गरेसँगै कांग्रेस नेतृत्वको सरकारलाई सहज भएको छ । तर, नाउपाका सबै सांसदले विश्वासको मत दिँदा पनि स्वतन्त्र र राप्रपा सांसद सुदूरपश्चिममा निर्णायक हुन्छन् ।

सुदूरपश्चिम सरकारको विषयलाई लिएर केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले भने यस अघि नै पार्टीको सल्लाहविना मन्त्री भएको भन्दै उनीहरूलाई फिर्ता हुन निर्देशन दिइसकेकी छन् । यता संसदीय दलका नेता चौधरीले भने पार्टी सबै कुरामा केन्द्रबाट मात्रै नभई प्रदेशमा पनि स्वायत्त अभ्यासमा जाने बताए ।

नाउपाले केन्द्रमा नयाँ सत्ता गठबन्धनलाई विश्वासको मत दिएको छ ।

ताजा खबर

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

Casino ohne Anmeldung beliebt – Alles, was Sie wissen müssen

Casino Bewertung App: Alles, was Sie wissen müssen

Funbet Casino on the Go: Snelle Mobiele Sessies Die In Een Koffiepauze Passen

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Απόδοση κερδών με baxterbet και αξιολόγηση των στοιχηματικών στρατηγικών για παίκτες

Απόδοση κερδών με baxterbet και αξιολόγηση των στοιχηματικών στρατηγικών για παίκτες Ανάλυση των Αποδόσεων και των Στοιχηματικών Αγορών στην baxterbet Στρατηγικές για την Ανάλυση Αποδόσεων

अझै पढ्नुहोस्

Vavada казино зеркало на сегодня и его особенности

Vavada казино зеркало сегодня его особенности и преимущества Выбор альтернативного входа на площадку становится важным моментом для пользователей, стремящихся к стабильному доступу. Такое решение позволяет

अझै पढ्नुहोस्