ओझेलमा नायल ताल 

शेयेर गर्नुहोस

धनगढी/चुरे पर्वतको टाकुरामा रहेको प्राचीन नायल ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१२ मा रहेको नायल तालले पर्यटनको अथाह सम्भावना बोकेको भए पनि यसको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारको अभावमा गुमनाम जस्तै बनेको हो । 

पूर्वपश्चिम महेन्द्र राजमार्गबाट करिब १ घण्टाको सवारी यात्रामा पुग्न सकिने नायल तालले प्रदेशकै पर्यटनको सम्भावना बोकेको छ । चुरे पहाडको चुचुरोमा करिब ३ हेक्टर क्षेत्रफलमा फैलिएको सम्भवतः यो देशकै एक मात्र ताल हो । चारैतिर पहाड र हरियाली, ढकमक्क लालीगुराँस, चराको चिरबिर ध्वनि र शान्त एकान्त मनोरम दृश्य यो तालको विशेषता हो । 

यो तालको प्रवर्द्धन गरि पर्यटन विकास गर्ने सके यो क्षेत्र मात्र नभई प्रदेशकै विकासमा सघाउ पुग्ने देखिन्छ । सरकारले यस तर्फ ध्यान दिन सके रोजगार सृजना, उत्पादन खपत तथा जडीबुटी निर्यातमा समेत सहज हुने अवस्था छ । 

“ताल राम्रो छ । आन्तरिक पर्यटन कहिले काहीँ आउनु पनि हुन्छ तर तालको संरक्षण हुन सकेको छैन । डाँडाबाट आउने पानीले ताल पुरिने जोखिम छ । यसका लागि नाला निर्माण, आरसिसी सहितको बाध निर्माण र सडकको स्तर उन्नति मात्रै हुने हो भने यो ठाउँको मुहार फेरिने थियो ।” स्थानीय हरिदत्त जोशीले भने । 

असम्भव जस्तै लाग्ने चुरेको टाकुरामा ३ हेक्टर क्षेत्रफलमा फैलिएको ताल जोकोहीका लागि नयाँ त लाग्छ नै स्थानीयका अनुसार यस क्षेत्रमा रहेको दैविक शक्तिका कारण पनि प्रख्यात हुने र धार्मिक पर्यटकहरू बढ्न सक्ने अर्को सम्भावना समेत देखिन्छ । जानकारहरूका अनुसार यस क्षेत्रमा घण्टेश्वर, दोगटी, नन्नै र मसानी देवताहरूको बास छ । शुद्ध मनले भाकल गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास समेत रहेको छ ।

ताजा खबर

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

Casino ohne Anmeldung beliebt – Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रशान्तले पाए दुई लाख अमेरिकी डलर बराबरको फेलोशिप

नेपालका युवा संरक्षणकर्मी प्रशान्त घिमिरेले जैविक विविधता संरक्षण क्षेत्रमा प्रतिष्ठित “स्मिथ फेलोशिप” पाउने पहिलो नेपाली बनेका छन्। यो फेलोशिप Society for Conservation Biology द्वारा प्रदान

अझै पढ्नुहोस्
समाचार

नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा सापकोटा

सुखड।  कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा हरि सापकोटा निर्वाचित भएका छन् ।  ३२१ मत प्राप्त गरेर अध्यक्षमा

अझै पढ्नुहोस्

Из-за чего личные чувства непросто контролировать

Из-за чего личные чувства непросто контролировать Эмоциональная сфера индивида образует из себя запутанную структуру, которая нередко действует самостоятельно от личного осознанного желания. Многие люди соприкасаются

अझै पढ्नुहोस्