घर पालुवा तथा सामुदायिक कुकुरहरुमा एक दिने नि:सुल्क रेबिज बिरुद्ध खोप र सो रोग बारे सचेतना कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा) को आयोजना गौरीगंगा नगरपालिका-१० समन्वय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनगढीको सहकार्यमा गौरीगंगा नगरपालिका-१०,उदासिपुर कैलालीमा घर पालुवा तथा सामुदायिक कुकुरहरुमा एक दिने नि:सुल्क रेबिज बिरुद्ध खोप र सो रोग बारे सचेतना कार्यक्रम सम्पन्न भएको छ।


नेल्टा का सुदुर पश्चिम् प्रदेश कार्यसमिति सचिब हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा सप्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका उप-प्रमुख भोज बहादुर बम,विशिष्ट अतिथि गौरीगंगा नगरपालिका-१० का वडा अध्यक्ष नार सिं सार्की, भ्र्टेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र धनगढी कार्यालय प्रमुख डा.हेम अवस्थी लगायत रहनु भएको थियो।


उक्त कार्यक्रममा बोल्नु हुदै नगर उप-प्रमुखले नगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण र रेबिज बिरुद्धको खोप कार्यक्रम लाई बजेट नीति तथा कार्यक्रममै राखेर जनहितमा जुटेको बताए। घरपालुवा तथा सामुदायिक कुकुर रेबिज फैलाउने मुख्य जिम्मेवार मानिने गरेको कारणले रेबिज बिरुद्धको खोप संचालन गरिएको डा.अवस्थीले बताउनु भएको छ।


नेपालका पशुपंक्षी पालन गर्दै आएका किसानहरुको सेवामा समर्पित रहेका प्राविधिकहरुको पेशागत हकहित र पशुपञ्छी पालनलाइ व्यवसायीकरणका लागी सक्रिय भएर नेल्टा लागि परेको छ।सो अवसरमा 120 वटा घर पालुवा तथा सामुदायिक कुकुर हरु लाई नि:सुल्क रेबिज बिरुद्ध भ्याक्सिन गरिएको र नगर भित्रका सम्पूर्ण वडाहरुमा उक्त कार्यक्रम संचालन गरिने जानकारी नेल्टा प्रदेश सचिब हेमन्त राज जोशी( बाजे) ले जानकारी दिनु भएको छ।
उक्त कार्यक्रमको संचालन नेल्टा सदस्य सत्यराज जोशीले गर्नुभएको थियो।

ताजा खबर

PayPal Down Payment Online Casinos: The Ultimate Guide for Gamblers

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

घोडाघोडी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सुखड/कैलालीको घोडाघोडी नगरपालिकालाई बुधवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाका भित्रका सबै बालबालिकालाई पूर्ण खोप लगाए सँगै नगरपालिकाकालाई पूर्ण खोप सुनिश्चितता

अझै पढ्नुहोस्