TRENDING
Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers
Bizzo Casino – jak kontaktovat zákaznickou podporu
Mostbet w Polsce – oferta gier
Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb
7к казино вход в личный кабинет
Next
Prev

संविधानको सफल कार्यान्वयनमा नेताहरू चुक्दा प्रसाईंहरू धावा बोल्दैछन् : नैनसिंह मर

शेयेर गर्नुहोस

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताएका छन्। कांग्रेस रुपन्देही जिल्लाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले तत्कालिन अवस्थामा सम्झौता गरेर सबै राजनीतिक दलको साझा दस्तावेजका रूपमा संविधान आएकाले यसको सफल कार्यान्वयन नै अहिले प्राथमिक विषय भएको बताए।

‘अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएका छन्। सबैका विचार अटाएका छन्। यो सबैको सम्झौताको दस्ताबेज भएकाले अहिले तलमाथि गर्ने र आधारभूत विषय फेर्ने प्रयास गर्नुहुँदैन। त्यस्तो भयो भने फेरि देश दुर्घटनामा जान्छ। देश फेरि हिंसाको खाडलतर्फ जान सक्छ। यसतर्फ पनि कांग्रेसलगायत ठूला दल सजग बन्नुपर्छ,’ उनी भन्छन्।

दुर्गा प्रसाईंमात्र वर्तमान परिवर्तनको बाधक नभएको टिप्पणी गर्दै नेता महरले त्यसको अपनत्व लिन नसक्ने राजनीतिक दलहरू पनि दोषि हुन‍् कि भन्ने प्रश्न जनतामा उठिरहेको बताए।

‘संविधान निर्माण गर्ने, संविधान ल्याउन आन्दोलन गर्ने राजनीतिक दलका केही नेता संविधानमा व्यवस्था गरिएका प्रावधानको पक्षमा बोल्न र त्यस्को संरक्षण गर्न नलागेको देखिन्छ,’ उनले भने, ‘यी र यस्ता कमजोरीहरूलाई पनि हामीले सच्याउँदै अगाडि बढ्नुपर्छ।’ उनले संवैधानिक रूपमा मुलुकलाई अगाडि बढाउन नेताहरू चुक्न नहुने टिप्पणी गरेका छन्।

नेताहरू आफैँ संवैधानिक रूपमा अगाडि बढ्न नसके त्यस्को असर मुलुकलाई पर्ने र जनतामा निराशा छाउने महरको भनाइ छ।

‘नेपाली कांग्रेस र अन्य राजनीतिक दलहरूले गरेको संघर्षबाट प्राप्त संविधानलाई पूर्ण कार्यान्वयन गराउन हामी चुक्नु हुँदैन। संशोधन भन्ने कुरा आवश्यकता अनुसार भइनै रहन्छ। तर, यस्को पूर्ण कार्यान्वयन नहुँदै अर्को विकल्प खोज्ने कुरा राम्रो होइन,’ महरले भने।

यस्तै प्रतिनिधि सभामा मिश्रित समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था हटाउनुपर्ने उनको तर्क छ। त्यसको कुनै पनि दललाई बहुमत पुगाउन बाधा गरिरहेको र त्यसले विकासमा समेत असर पुगाइरहेको उनको बुझाइ छ। समानुपातिक प्रणाली राष्ट्रिय सभामा गर्नुपर्ने महले बताए।

‘संविधानका निर्माण गर्दा नेताहरू नै संविधानप्रति बढी जिम्मेवार हुनुपर्छ। दुर्गा प्रसाईं र पूर्वराजा प्रवृतिमात्र संविधानको बरखिलापमा होइनन्। परिवर्तनधारी दलको क्रियाकलाप पनि संविधान बचाउने खालको भएन।

यसका साथै उनले जाजरकोट भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन पनि सरकार र ठूला राजनीतिक दल चुकिरहेको टिप्पणी गरे। राज्यले भूकम्पपीडितका लागि अभिभावकको जिम्मेवारी निर्वाह गर्न नसकेको उनको भनाइ छ।

‘आजमात्रै एक हजार ७६ सुत्केरीको त्रिपालमुनी बास भन्ने समाचार आएको छ। धेरै जनाले चिसोका कारण ज्यान गुमाइसके। उनीहरूका लागि राज्य नभए जस्तो देखिएको छ। यसप्रति राज्य गम्भीर र जिम्मेवार बन्नुपर्छ,’ महर भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers

Bizzo Casino – jak kontaktovat zákaznickou podporu

Mostbet w Polsce – oferta gier

Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb

7к казино вход в личный кабинет

1win — ставки на спорт в букмекерской конторе

सम्बन्धितखवर

छुटाउनु भयो कि !

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল ফুটবল বাজি খেলার জন্য সঠিক কৌশল জানলে আপনি সহজেই জয় লাভ করতে পারেন। mostbet হলো একটি জনপ্রিয় অনলাইন

अझै पढ्नुहोस्