TRENDING
The Ultimate Guide to Playing Roulette Platform
The Ultimate Guide to Roulette Games 2026 Online Casino
Roulette Europe Free Spins: A Complete Guide
The Ultimate Guide to Live Roulette: Everything You Need to Know
Next
Prev

घोडाघोडी ताल मिचाहा प्रजातिले पुरिँदै

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल पछिल्लो समयमा मिचाहा प्रजाती बेस्रमले ताल ढाकिएको छ ।

कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) एक कार्यक्रमका भब्य र धुमधाम का साथ घोषणा गरियो । तर घोडाघोडी तालको पानी र तालको अवस्था बारेमा कसैको नजर पुगेको छैन । घोडाघोडी तालका साह्ययक तालहरु २० वटाको त कुरा छौडौ यहाँ मुख्य रुपमा रहेको घोडाघोडी ताल नै मिचाहा प्रजाती पुरिएको छ ।

घोडाघोडी तालको उत्तर क्षेत्र को बाड्का सिराहा , छोड्की सिराहा , छोट्कि छिङट्लिया ,लम्कि कोन्ढिया, र पुर्बी क्षेत्र पनि अहिले ताल देखिदैन पुरै बेस्रम देखिन्छ। घोडाघोडी तालकै नाम बेचेर खाएका स्थानीय निकायको बृहत् घोडाघोडी पर्यटन बोर्ड , जेड एस एल,घोडाघोडी क्षेत्र सरक्षण तथा जागरण मन्च नेपाल , हिमाली नेचर लगायतका सघं सस्थाहरुले काम गर्दै आयका छन्
तर पनि घोडाघोडी तालको अवस्था दिन प्रतिदिन खस्किदै गएको प्रती कसैलाइ चिन्ता र चासो भने छैन ।

बृहत घोडाघोडी पर्यटन बोर्डले १० बर्ष गुरुयोजना बनाएको छ ।प्रदेश सरकारले घोडाघोडी ताललाइ नेपालको पहिलो चराको अभय आरण्या ( बर्ड सेन्चुरी )निकै तामझामका साथ घोषणा गरेको थियो । तर मिचाहा प्रजाती हटाउनका लागि नत प्रदेश सरकार नत स्थानीय तहले नै कुनै योजना तथा कार्यक्रम बनाएको छैन ।

घोडाघोडी जनजागरण मन्चका ले भने पछिल्लो समयमा कोरोनाको महामारीले पर्यटन र बाताबरण क्षेत्रमा बजेट निकासा भएको छैन । बजेट नहुदा मिचाहा प्रजाती हटाउन संगै ताल सरक्षण र सदुपयोग का कार्यक्रम गर्न नसकेको बताउदै उनले भने अब कुनै निकाए बाट आर्थिक सहयोग पायमा बेस्रम हटाउने छौ ।

त्रिवेणि सामुदायिक बन उपभोक्ता समुह जनकपुर अध्यक्ष भिममाया तामाङले घोडाघोडी ताल क्षेत्रमा बर्सेनि करोडको बजेट आयको हुन्छ , बृहत घोडाघोडी पर्यटन बोर्डले कार्यक्रम गर्दै आयको बताए पनि घोडाघोडीमा पुर्वाधार मात्र निर्माण गरियको छ । मिचाह प्रजाती बेस्रमले ताललाइ ढाकियको , पुरियको प्रती चासो नदेखायको , रकम पनि पार्दशिकता नगेरको बताए । तालमा मुख्य भनेको पानी हो त्यो नै नभय पछि त्यहाका चराचुरुङ्गी , जैविक विबिधता सरक्षण मा असर गर्ने , अन्तरराष्ट्रिय महत्व बोकेको ताल यसरी मिचाहा प्रजाती हटाउन समयमा नै सबैले लाग्नु पर्ने बताए ।

स्थानीय बासिन्दा धनऋषी न्यौपाने भन्छन् घोडाघोडी
ताल रहेमा पो अन्य कार्यक्रम गर्न सकियला तालै मिचाहा प्रजातिले ढाकेको र ताल को उतरी क्षेत्र बाट बेस्रम घारी देखिन्छ र मिहाचा प्रजातिले भरिदा घोडाघोडि पर्यटन बोर्ड भने अहिले निर्वाचन भयको २० महिना पुग्दा पनि नयाँ आयका जनप्रतिनिधिले तथा नगरप्रमुखले पर्यटन बोर्ड गठन गर्न सकेका छैन , पुराना पर्यटन बोर्डले गर्न थालेका अधुरा काम मात्र पूरा गरिदै छ । यता नगरप्रमुख खडक बहादुर रावतले विभिन्न कार्यक्रममा घोडाघोडी ताल घोडाघोडी नगरपालिकाको मात्र नभएर नेपालकै एक चिनारी हो ,यस्को सरक्षण र सदुपयोग गर्न सके यहाँको पर्या पर्यटन बाट जीवन स्तर माथी उठाउन सक्ने बताउछन् तर घोडाघोडी तालको मिचाहा प्रजाती हटाउन कुनै कार्यक्रम नरहेको बताए ।

सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयले घोडाघोडी ताललाइ नेपालको बर्ड सेन्चुरी घोषणा गरे पनि तेस अनुसारको नियमित चराहरुको खोज अनुसन्धान , गणना , तालको सरक्षण , तालमा रहेको मिचाहा प्रजाती हटाउने कुनै कार्यक्रम नरहेको मन्त्रालयका प्रदेश सचिवले जीवनाथ पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Ultimate Guide to Playing Roulette Platform

The Ultimate Guide to Roulette Games 2026 Online Casino

Roulette Europe Free Spins: A Complete Guide

The Ultimate Guide to Live Roulette: Everything You Need to Know

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

नेपाल र भारत बिच हुने प्रतियोगिता का लागि नेपाली पुरुष/महिला टोलीको घोषणा  

धनगढी/नेपाल खो खो संघले नेपाल र भारतबीच हुने मैत्रीपूण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष÷महिला टोलीको घोषणा गरेको छ।  कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा खो खो संघले

अझै पढ्नुहोस्
समाचार

एकल महिला सुरक्षाकोष कार्यान्वयनको माग

धनगढी, ४ माघ । मानव अधिकारको लागि महिला, एकल महिला समूहले प्रदेश सरकार र स्थानीय तहसँग एकल महिला सुरक्षाकोष कार्यान्वयनको माग गरेको छ ।विहीबार सुदूरपश्चिम

अझै पढ्नुहोस्