कोरानाको महामारिले पछि परेको होमस्टे माथी उकास्न लाग्छु : मन्त्री धामी

शेयेर गर्नुहोस


सुखड /होमस्टे स्वरोजगारका लागि राम्रो पाटो रहेको सुदुरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि रमेश धामिले बताएका छन ।

तिहार तथा छठ पर्वको अवसरमा कैलालीको घोडाघोडी नगरपालिका वडा न ४ माघिमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्रि धामिले होमस्टे मार्फत स्वरोजगार प्रदान गर्ने प्रदेश सरकारको योजना रहेको बताए । कैलालीको माघि होमस्टे चर्चामा रहेको होमस्टे हो उनले भने,कोरोनाको समयमा पछाडि परेको होमस्टेको अवस्था अझै सुधार हुन सकेको छैन यसलाई राम्रो अवस्थामा फर्काउनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्नेछ ।

मन्त्रि धामिले जनप्रतिनिधिले पर्यटनको श्रोतहरुको पहिचान गरि प्रत्यक्ष रुपमा जनप्रतिनिभिध जोडिनुपर्ने बताए । घोडाघोडीमा पर्यटनका धेरै श्रोतहरु रहेको बताउदै उनले भने, जंगलका श्रोतहरुको पनि पहिचान गर्नुपर्छ श्रोत पहिचान गरि व्यवस्थापन गरे करोडौ आम्दानि गर्न सकिन्छ । गाउ गाउमा स्वरोजगारका लागि प्रदेश सरकार लागि परेको बताउदै उनी भन्छन,घोडाघोडी बासिले यस क्षेत्रको बिकासका लागि जे भन्छन हामि गर्न तयार छौ ।


कार्यक्रममा बोल्दै संबिधान सभा सदस्य बिरभान चौधरीले घोडाघोडीमा बन्ने सडक सञ्जालहरुको धेरै योजनाहरु प्रदेश सरकारले रोकेको बताए । उनले भने, घोडाघोडीमा सडकहरु बिस्तार हुने योजना थिए ति सबै रोकिएका छन यसका लागि स्थानिय सरकारले घच्घच्याउनुपर्ने उनको जोड थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद खुशिराम चौधरीले जहाँ बिकास भएको हुदैन त्याहाबाट बिकासको सुरुवात गर्नुपर्ने बताए । घोडाघोडी नगरपालिका सुगम मानिए पनि अझै यहाको बिकास हुन सकेको छैन उनले भने, बिकासका काम गर्दा पनि निर्माण कार्यहरुमा बाधा अवरोधहरु आउने गर्दछन ।


कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले घोडाघोडीले सुदुरपश्चिमलाई विश्वमा चिनाएको बताए । बसन्ता कोरीडोर घोडाघोडीमा छ विश्वलाई चिनाउने भएपनि यस क्षेत्रको भने समृद्धि र बिकास हुन नसकेको नगर प्रमुख रावतले बताए । २०७८ फागुन २७ गते घोडाघोडीलाई चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको बताउदै उनले भने, घोषणा भइसकेपछि एक पटक पनि प्रदेश सरकार फर्के आएको छैन घोषणा घोषणामै सिमित भएको छ ।


अर्को प्रसंगमा बोल्दै रावतले भने,कन्द्रा नदिले बर्षेनि ठुलो कटान गर्दै आईरहेको छ वन क्षेत्र मासिदै गएको छ यसका लागि पनि गुरु योजना बनाएर ३ ओटै सरकार अघि बढ्नका लाग प्रस्ताव अघि सार्दछु । हरेका बर्ष कुनै न कुनै वहानामा वन क्षेत्र मासिदै गएको बताउदै उनले भने,घोडाघोडीको उत्तरमा भावर छ त्यसको माथि चुरे छ त्यसलाई जोडेर संरक्षण गर्न आवश्यक छ ।
कार्यक्रममा वडा न ४ का अध्यक्ष भरत बहादुर शाहि,नेकपा माओबादि घोडाघोडी नगर कमिटिका अध्यक्ष खगेन्द्र हमाल लगायतले बोलेका थिए ।


माघि होमस्टे,सुन्दर सामुदायिक वन, कल्पबृक्ष सामुदायिक बनको संयुक्त आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा मगर नाच,थारु नाच प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका बिच माघि होमस्टेका अध्यक्ष सिताराम चौधरीले होमस्टेको प्रबद्र्धन तथा बिकासमा सहयोग पुर्याउनका लागि वन मन्त्रालयले आवश्यक पहल गरिदिने आग्रह सहित मन्त्रिलाई ज्ञापन पत्र बुझाएका थिए । यसैबिच सुन्दर सामुदायिक बनले पनि मन्त्रि धामिलाई ज्ञापन पत्र बुझाएको थियो ।
कल्पबृक्ष सामुदायिक बनका अध्यक्ष प्रेम कैनिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन माघि होमस्टेका सचिब महेश चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Play Free Slot Machines For Fun

Intriguing origins revealed for the captivating world of joker fire force and its heroes

Spannende Aktionen und vulkan vegas 50 free spins fire joker für echte Casino-Fans erwarten dich jetzt

Élégance ludique pour les joueurs avisés avec Fire Joker casino et des gains potentiels

सम्बन्धितखवर

छुटाउनु भयो कि !

mostbet এর কাজ কি: অনলাইন জুয়া ও বাজির আইন জানুন!

mostbet এর কাজ কি: অনলাইন জুয়া ও বাজির আইন জানুন! বর্তমান ডিজিটাল যুগে অনলাইন জুয়া এবং বাজির কার্যক্রম দ্রুত বৃদ্ধি পাচ্ছে। এই প্রেক্ষাপটে, mostbet একটি

अझै पढ्नुहोस्