भुकम्प पीडितका लागि उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय

शेयेर गर्नुहोस

धनगढी/सुदूर पश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुममा भूकम्पमा परी घाईते भएकोहरुको उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको सुदूर पश्चिम प्रदेश सरकारको मन्त्रि परिषदको बैठकले घाईतेहरुको उपचार तथा, भूकम्पबाट प्रभावित भएकाहरुको सहयोगका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूर पश्चिम प्रदेश सरकारले कर्णाली प्रदेश जाजरकोट जिल्लाको बारेकोट गाँउपालिका- १ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकु लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षति प्रति दुःख व्यक्त गरेको छ ।

मुख्यमन्त्री कमल बहादुर शाहले आज बिहान आयोजित पत्रकार सम्मेलनमा घाईते तथा भूकम्प प्रभावितहरुको उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने र घाईतेहरुको उपचारका लागि स्वास्थ्य सामग्री सहित २० जना स्वास्थ्यकर्मीको टोली पठाउने जानकारी दिए ।

मुख्यमन्त्री शाहले अनुसार स्वास्थ्य टोली आजै भूकम्प प्रभावित क्षेत्रमा जाने जानकारी दिए ।

मुख्यमन्त्री शाहले नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित भूकम्पमा परी  दिवंगत भएकाहरुप्रति समवेदना व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।

भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्न र भूकम्पमा परी पुरिएकाहरुको खोजी तथा घाईतेहरुको उपचार कार्यमा लाग्न सुदूर पश्चिम प्रदेश सरकार अन्तर्गतका स्थानीय तह, सुरक्षा निकाय तथा बिभिन्न संघसंस्था र नागरिक समाजसंग मुख्यमन्त्री शाहले आग्रह गरे

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्‍चिम सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर छु : मुख्यमन्त्री शाह

सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्‍चिम सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको उल्लेख गर्नुभयो । सुदूरपश्‍चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा

अझै पढ्नुहोस्