TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
Next
Prev

धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय महिलावादी मञ्च २०८० हुने

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय महिलावादी मञ्च २०८० हुने भएको छ ।
‘न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता : सामाजिक रुपान्तरण सहितको दिगो विकासमा सुनिश्चितता’ भन्ने मूल नारा सहित यहि असोज २५ र २६ गते धनगढीको शुभश्री प्यालेसमा कार्यक्रम हुने भएको हो ।


मञ्चमा मुख्यगरि महिलाको श्रमको अधिकार, शरीर र पर्यावरणीय न्याय, मानवीय संकट र महिलाको नेतृत्वको सवालमा प्यानल छलफल हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी संस्थापक अध्यक्ष डा. रेणु अधिकारी सामाजिक रुपान्तरण र महिलावादि दृष्टिकोणबाट सुदूरपश्चिम प्रदेशमा विद्यमान सवाललाई विश्लेषण तथा सम्वोधन गर्न कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन् ।
यसका साथै उनले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई रुपान्तरीत नेतृत्व त्यसको महत्वबारे धारणागत स्पस्टता ल्याउन र मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिनन समूह, सञ्जाल, संस्था र स्थानीय तहका जनप्रतिनिधी बिच समन्वय र सहकार्यका लागि वातावरण तयार गर्ने रहेको बताइन् ।


असोज २५ गते विहान ९ बजे उद्घाटन हुने कार्यक्रमका प्रमुख अतिथीमा उद्योग पर्यटन वन तथा बातावरण मन्त्री रमेश धामी रहेका छन् । विशेष अतिथीमा उपसभामुख कोइली देवी चौधरी र अतिथीहरुमा प्रदेश सभा सदस्य सन्तोष थापा, जुना दानी, ललिता सुनार, तुलसी देवकोटा, लक्ष्मी विक, गीता चौधरी, खेमा देवी विष्ट, इन्द्रा गिरी, जानकी ऐर, देवी कुँवर, पालिका प्रमुख र उपप्रमुख लगायत रहने जनाइएको छ ।


महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल लगायत विभिन्न संघसंस्थाको आयोजनामा हुने कार्यक्रममा प्रदेशका ९ वटै जिल्लाका ८८ वटा पालिकाका महिला जनप्रतिनिधी, महिला मावन अधिकार रक्षक, महिला अधिकारका क्षेत्रमा काम गनेए संघसंस्थाका प्रमुख, स्थानीय सरकारका पदाधिकारी, सञ्चारकर्मी र महिला अधिकारकर्मी सहित ३ सय बढीको सहभागिता रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन डढेलो नियन्त्रण तथा ब्यबस्थापन जनचेतना सप्ताह सुरु

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा १० पहलमानपुरमा “डढेलोबाट बनलाइ जोगाऔवन जङ्गलमा डढेलो लाग्न नदिऔ “सम्पुर्ण उपभोक्ता मिलि तुरुन्तै निभाऔ भन्ने मुल नाराका साथ

अझै पढ्नुहोस्
समाचार

नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा : पान्डेय

नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको पाँचौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले रमित पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा

अझै पढ्नुहोस्