TRENDING

रुख सडकमा खस्दा दुई दिन देखि टीकापुर पार्क राेड अवरुद्ध, विजुलिका पाेल टुट्दा पार्क क्षेत्र अन्धकार

शेयेर गर्नुहोस

एल बी बुढा,टीकापुर/ कैलालीको टीकापुरमा सिमलकाे रुख पार्क सडक खस्दा दुई दिन देखि टीकापुर पार्क राेड अवरुद्ध भएको छ । शनिबार आएको हावाहुरीले करिव सय वर्ष पुरानाे सिमलकाे रुख पार्क राेडमा खस्दा सडक अवरुद्ध भएको हाे ।

पार्क राेडमा खसेको सिमलकाे रुख धेरै ठुलाे भएका कारण दुई दिन सम्म पनि हटाउन सकिएको छैन । टीकापुर नगरपालिका र स्थानीयकाे सहयाेगमा दुई दिन देखि रुख काट्ने काम भए पनि रुख माेटाे र पुरानाे भएका कारण काट्न समय लागेकाे नगरपालिकाले जनाएको छ । नगरपालिकाकाे स्काई भेटरले काटकाे सिमलकाे रुखलाइ सडकबाट साइट लगाइ रहेकाे जनाएको छ ।

चारैतिर घर घर रहेकाे साे क्षेत्रमा रातिकाे समयमा कसैकाे घरमा नखसि खुल्ला ठाउमा खस्नु भाग्यकाे कुरा भएको स्थानीय टेक बहादुर खड्काले बताउनुभयो । उहाँले सयाै वर्ष पुरानाे सिमलकाे रुख रातिकाे समयमा घरमा नखस्नु भनेकाे दैवकाे लिला भएको बताउनुभयो । उहाले यसले गर्दा भगवान प्रती आफ्नो आस्था बढेर आएको बताउनुभयो । रुख विजुलीकाे तारमा खस्दा पाँच वटा विजुलीका पाेल टुटेका छन् । विजुलीका पाेल टुट्दा दुई दिन देखि टीकापुर पार्क र आसपासकाे क्षेत्रमा विजुली नहुदा अन्धकार भएको छ ।

नेपाल बिद्धुत प्राधिकरण टीकापुर वितरण केन्द्रले भाचिएका विजुलीका पाेल हाल्ने काम गरिरहेकाे छ । मंगलबार साझ सम्म भाचिएका विजुलीका पाेलहरु मर्मत गरि सकिने नेपाल बिद्धुत प्राधिकरण टीकापुर वितरण केन्द्रले जनाएको छ ।
टीकापुर सडक अवरुद्ध हुदा टीकापुर पार्कमा आउने पर्यटकहरुलाइ असहज भएको छ भने स्थानीयलाई समेत आवत जावतमा समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

डिभिजन वन कार्यालय कैलाली द्वारा दाउरा वितरण

जमुना न्युरे,धनगढी / कैलालको धनगढीका उपमहानगर पालिका , गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकाका चोक चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्यालय कैलालीले , धनगढीले लगायतका

अझै पढ्नुहोस्
राजनीति

विप्लव माओवादी कार्यकर्ता सामुदायिक वनबाट लाखौंको चन्दा असुल्दै

जमुना न्युरे,सुखड/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीका सामुदायिक वनमा मनलाग्दी चन्दा असुलीमा लागेका छन् । सामुदायिक वनमा आफूले तोकेको रकम चन्दास्वरुप नदिएमा भौतिक

अझै पढ्नुहोस्