TRENDING
Обзор Пинап казахстанского сайта казино и букмекерской платформы
Обзор Пинап казахстанского сайта казино и букмекерской платформы
Обзор Пинап казахстанского сайта казино и букмекерской платформы
Обзор Пинап казахстанского сайта казино и букмекерской платформы
Next
Prev

कैलालीमा दुई दिने खेलकुद पत्रकारिता तालिम सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कैलालीमा खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । जिल्लाको चुरे गाउँपालिकास्थित खानीडाँडामा दुई दिने खेलकुद पत्रकारिता तालिम सुरु भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना र आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिमको सहकार्यमा तालिम सुरु भएको हो ।

एक कार्यक्रमका बीच तालिमको उद्धघाटन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव विश्वदिप बेस्राले पछिल्लो समय पत्रकारिता क्षेत्रको विस्तार भइरहेको बताए । विगतमा केही सीमित बिधामा मात्रै पत्रकारिता गर्ने प्रचलन रहेको बताउँदै उनले पछिल्लो समय भने सबै क्षेत्रमा कलम चलाउन थालिएको प्रति खुसी व्यक्त गरे ।

दुई दिने तालिमले खेलकुद पत्रकारिता झनै गतिशिल हुने उनको विश्वास थियो । कार्यक्रमका विशिष्ट अतिथी नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले पछिल्लो समय कैलालीमा खेलकुद पत्रकारितामा निकै सक्रियता देखिएको भन्दै खुसी व्यक्त गरे ।

नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य नविन लुइटेलले सबै क्षेत्रको पत्रकारिता गर्नका लागि ज्ञान आवश्यक रहेको बताउँदै दुई दिन प्रशिक्षण महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले सुदूपश्चिम खेलकुद क्षेत्रका लागि निकै धनी क्षेत्र रहेको बताउँदै खेलकुदका गतिविधि उठान गर्नका लागि पत्रकारलाई पनि विज्ञता चाहिएको बताए ।

खेल पत्रकारितामा निखारता ल्याउनका लागि नै अघिल्लो वर्षदेखि प्रशिक्षण दिन थालिएको उनको भनाई थियो । वरिष्ठ एथ्लेटिक्स तथा त्रिभुवन विश्वविद्यालयका खेल तथा विज्ञानका प्राध्यापक शुशिल नरसिंह राणा, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य नविन लुइटेल, टेलिभिजन खेल पत्रकार अनन्त वाग्ले र खेल पत्रकार यज्ञराज जोशीले दुई दिनसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव हरि जोशीले जानकारी दिए । प्रशिक्षणमा कैलालीका ४० बढी पत्रकारको सहभागिता रहेको वरिष्ठ उपाध्यक्ष शंकर बोहराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कुकुरको टोकाइबाट चितलको मृत्युु

सुखड/कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा न ३मा रहेको श्री कोपिला सामुदायिक वन उपभोक्ता समूह ब्यबस्थित नगरमा स्थानीय भुसिया कुकुरहरुको टोकाइबाट चितलको मृत्युु भएको छ ।

अझै पढ्नुहोस्
समाचार

बन्यजन्तु अनुगमन तथा गणना र बासस्थान सुधार कार्यक्रम डिभिजन वनले सुरु गरे : सचिब भट्टराई

जमुना न्युरे,धनगढी /निकुञ्ज र सरंक्षण क्षेत्रले मात्र गरिने बन्यजन्तु अनुगमन तथा गणना र बासस्थान सुधार कार्यक्रम डिभिजन वन कार्यलयले पनि सुरु गरेको सुदूरपश्चिम प्रदेशको उद्योग

अझै पढ्नुहोस्
राजनीति

यहि महिना देउवा भारत भ्रमणमा जाने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाने भएका छन् । भारतीय समकक्षीको निमन्त्रणमा उनी यही महिनाभित्र भारत भ्रमण जाने भएका हुन् । प्रधानमन्त्री देउवालाई भारतीय

अझै पढ्नुहोस्