TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
Next
Prev

पत्रकार ऐडिद्वारा मानवसेवा आश्रमलाई सहयोग

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी / धनगढीका पत्रकार रमेश ऐडिले मानव सेवा आश्रममा दिवा खाना सहयोग गरेका छन् । पत्रकार ऐडिले आफ्नी स्वर्गीय आमाको बार्षिक पुण्य तिथिको अवसरमा भोजनदान गरेका हुन् ।

फूलवारी खबरमा कार्यरत पत्रकार ऐडिले मानवसेवा आश्रम धनगढीलाई आफ्नी स्वर्गीय आमा बिष्णदेबि ऐडिको स्वर्गारोहणको बार्षिक पुण्यतिथिको अवसर पारेर मानव सेवा आश्रममा भोजन सहयोग गरेका हुन। आश्रममा भोजन दान गर्दै पत्रकार ऐडिले आमालाई भगवान रुपि भएकाले सेवा गरेको बताए । ऐडिले आमालाई सम्झदै प्रत्येक बर्ष पुण्य तिथीको दिन गरिव दिनदुखी असहायलाई भोजन गराउने बताए ।

मानवसेवा आश्रम धनगढीका सदस्य संयोजक आदर्श ढकालले आश्रममा भोजन सहयोग गरेकोमा आभार व्यक्त गरे । उनले धनगढी उपमहानगरपालिका-१५ उर्मामा बन्न लागेको आश्रमको आफ्नै भवन भ्रमण गरिदिन आग्रह गर्दै आश्रममा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । भोजन दान कार्यक्रममा गोरखापत्र सुदूरपश्चिम संस्थानका संयोजक कृत बिष्ट , जनता टेलिभिजनका ब्युरो प्रमुख भीम चौधरी र बिजपाटीका सम्बादाता झलक दवाडीको उपस्थिति रहेको थियो ।

मानव सेवा आश्राममा बेसाहारा, सडकमानव, घरवारविहीन महिला पुरुष गरि जम्मा ४५ जना आरक्षण लियर बसिरहेका छन् । बेसाहारा नागरिकलाइ विभिन्न क्षेत्रबाट सहयोग संकलन गरि पालन पोषण गर्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

सम्बन्धितखवर

छुटाउनु भयो कि !