तीन महिना पुग्दा पनि फिल्डमा गयन टोलि

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड १८ फागुन/अतिक्रमित पुरैना ताल नाप नक्साङ्गकनका लागि टोली खटाएको तिन महिना पनि टोली खटिएको छैन । कैलालीको भजनी नगरपालिका वडा नं ७ लालबोझीमा रहेको पुरैना ताल क्षेत्रको अतिक्रमणको चपेटामा परेको छ ।डिभिजन वन कार्यलय पहलमानपुरले ताल वरपर ब्यक्तिको नम्बरी जमीन भएकाले आफुहरुले नापजाँच तथा रेखांकन गर्न नमिल्ने हुदा नापी कार्यलय धनगढीलाई अनुरोध गरेको थियो ।

समन्वय गरि रेखांकन गरि दिनका लागि डिभिजन बन कार्यलय पहलमानपुरले २०७९/२/२७ गते नापी कार्यलय धनगढीलाई प्राविधिक खटाइ दिन आग्रह गरेको थियो । तर, वन कार्यलयले पत्र पठाएको झन्डै ७ महिना पछि नापी कार्यलयले कर्मचारी खटाएको भन्दै २०७९/९/१२ गते पत्राचार गरेको छ ।

नापी कार्यलयले डिभिजन बन कार्यलयको २०७९/९/६ गतेको पत्राचार अनुसार भन्दै श्री करण सिं रावत को नेतृत्वमा सर्भेक्षक टेक राज चौधरी, अमिन अशोक चौधरी, अमिन निरज चौधरी र दिनेश बि.सि.लाई पुरैना तालको नाप नक्साकन गर्ने प्रयोजनार्थ प्राबिधिक खटाएको पत्र डिभिजन वन कार्यलय पहलमानपुरलाई पठाउदै बोदार्थ भजनी सब डिभिजन वन कार्यलय भजनीलाइ पठाएको सब डिभिजन वन भजनीका प्रमुख सहायक वन अधिकृत नितेशराज भट्टराईले बताए ।

प्राबिधिक टोलीका प्रमुख करणसिह रावतलाइ पटक पटक फोन गर्दा आफुहरु अहिले अव्यवस्थित बसोबास लाई ब्यबस्थित बनाउन घोडाघोडी नगरपालिका वडा ३ मा खटिएको बताउदै आफुहरु अहिले पुरैना तालको नाप नक्साङ्कन गर्न नसक्ने डिभिजन वन कार्यलय पहमानपुर प्रमुख गोकुल रिजालले बताए ।

यता नापी कार्यलयले रेखांकन र सिमाङ्गकनको कार्य समयमा नगरी दिदा आफुहरुले त्यो पुरना तालको अतिक्रमण हटाउनमा ढिलाइ भयको डिभिजन वन रिजाल बताए ।

बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल अस्तित्व नै खतरामा परेको छ । जहाँ ताल क्षेत्रमा मानव सगै खेती योग्य जमिन परिणत भएको छ । पुरैना ताल पानी भयको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टर फैलिएको भए पनि यसको क्षेत्र धेरै ठूलो भयको स्थानीयले जानकार रतन रेग्मीले बताए ।

मोहना नदिमा २०६५ सालमा आएको बाढिले थोरै ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो त्यो पछि पुन २०६८, २०७२ र २०७५ सालमा आयको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।

अहिले ताल रहेको स्थानमा स्थानीयले आफ्नो मनोमानी रुपमा खेती गर्दै आएका छन् । बिगौहा हिसाबले एकै ब्यक्तिले २० बिगाहा सम्म गहु खेती गरेका छन् । यसरी अतिक्रमण गरि लगायत खेती बाली, अतिक्रमीत जमिन खाली गराइ पुन: पुरैना ताल निर्माणका लागि डिभिजन बन कार्यलयले लगातार दुई बर्ष देखि निरन्तर रुपमा डिभिजन बन कार्यलयले भजनी नगरपालिका, वडा कार्यलय, भलमन्सा, बुद्धिजीवी, सामुदायिक बनहरुसंग छलफल गर्दै आयको थियो ।

ताजा खबर

Boost Your Free Spins With The Best Internet Casino Slots

Free Online Port Gamings: No Download Required

Win Real Cash Online Gambling Establishment for Free: An Overview to Online Betting

Chicken Road 2 App Móvil: Cómo Descargar y Jugar en el Teléfono

1win Slot Bonus Rounds Compared

Just how to Validate an ESA Letter: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !