माघी होमस्टेमा हुने लाटोकोसेरो उत्सबको तयारी तीब्र

शेयेर गर्नुहोस

जमुना न्युरे ,सुखड /कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित माघी होमस्टे थारु गाउँमा आयोजना भइरहेको लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तिब्र पारिएको छ ।
आउदो माघ २० र २१ गते गरी दुई दिन आयोजना हुने उत्सबको तयारी तिब्र पारिएको हो । किसानका साथीको रुपमा चिनिने उल्लू अर्थात लाटोकोसेरो तथा हुचिलको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले नेपालमा आयोजना गरिदैं आएको यो उत्सव दुई वर्षसम्म कोरोना महामारीका कारण हुन सकेको थिएन ।

उत्सवले यहाँ संरक्षणबारे थप सचेतना फैलाउनुका साथै पर्यापर्यटन विकासमा पनि टेवा पुर्‍याउने फ्रेन्ड्स अफ नेचरका निर्देशक एवम् उल्लू संरक्षणकर्मी राजु आचार्यले बताए ।
लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना हुने भएपछि स्थानीय समेत खुशी भएका छन् ।

उत्सबको मिति नजिकै गर्दा तयारी पनि तीब्र रुपमा हुँदै गयको फ्रेन्ड्स अफ नेचरका निर्देशक एवम् उल्लू संरक्षणकर्मी आचार्यले बताए । अहिले माघी होम स्टे थारु गाउँ सरसफाइ सङै श्रङगार गरिएको छ। माघिमा अहिले बाह्य तथा आन्तरिक पाहुनाहरुको चहलपहल बढि रहेको छ।
फ्रेन्ड्स अफ नेचरका सहभागी विद्यार्थीहरु माघी गाउँमा रहेको श्री नवप्रभात आधारभुत बिधालयमा
लाटोकोसेरो तथा हुचिल उत्सवमा लाटोकोसेरो तथा हुचिलको बारेमा विभिन्न जानकारीमूलक प्रदर्शनी का लागि संग्रहालय निर्माणको काममा ब्यस्त देखिएका छन्

माघि गाउँमा साच्चै माघी नै आएको स्थानीय बुद्धि प्रकाश चौधरीले बताए । उनले काठ बाट आफ्नै सीप प्रयोग गरेर दुई वटा उल्लु को मुर्ति निर्माण गरेका छन् ।
उनले भने हाम्रो होम स्टेमा सुदूरपश्चिम मै पहिलो पटक हुन लागेको उल्लु महोत्सवले स्थानीयलाई सरक्षणमा ल्याउन र स्थानीयको जिबिको पार्जनमा टेवा पुर्याउदै धेरै ठाउँमा चिनाउने काम पनि छ ।
होमस्टेमा आउने पाहुनाहरुको स्वागतका लागि अहिले होमस्टेका संचालकहरुलाइ भ्याइ नभ्याइ भयको होमस्टेका सबै घरहरुमा पाहुनाले भरियको होमस्टे संचालक समितिका अध्यक्ष सिताराम चौधरीले बताए ।

ताजा खबर

Zulas Glücksrad ist ein Spiel von Fugaso in dem Gewinnchancen wachsend sind

El Loco Juego del Tigre Feliz en la Casa de Azar

Spelen in de Online Kantine van B7 Casino

The Ultimate Guide to Slots Casino Jackpot

Juego de Cámara de Tráfico en Línea con Bono en Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

कैलालीमा पत्रकार महासंघको स्थापना दिवसमा सुदृष्टि आँखा केन्द्रको निःशुल्क चेकजाँच

धनगढी /धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको सुदृष्टि आँखा केन्द्रले आज शुक्रबार पत्रकारहरुको निःशुल्क आँखा चेकजाँच गरेको छ । पत्रकार महासंघको ६९ औँ स्थापना

अझै पढ्नुहोस्