वरिष्ठ लोक गायक कडायतको शोक सभा तथा परिवारजनमा सहयोग हस्तान्तरण

शेयेर गर्नुहोस

जमुना न्युरे,बरिष्ठ लोक तथा डेउडा गायक हरिश्चन्द्र कडायत निधन भएको १३ औं दिनको पुण्य तिथिमा आज राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले आज गौरीगंगा नगरपालिकाको वडा न.६ बनबेहडा स्थित कडायतको घरमा शोक सभाको आयोजना गरेको छ ।

प्रतिष्ठान प्रदेश अध्यक्ष पदमबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय पदाधिकारी एवं पुर्ब प्रदेश संयोजक सुरत रावत( डोटेली कान्छा) ,प्रतिष्ठान केन्द्रीय सदस्य नवीन सिंह धामी , प्रदेश प्रथम उपाध्यक्ष दिर्घ फुलारा लगायतले स्वर्गीय कडायत प्रती श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

मन्तव्य ब्यक्त गर्दै प्रतिष्ठानका पुर्ब केन्द्रीय पदाधिकारी प्रदेश संयोजक सुरत रावत ( डोटेली कान्छा) ले लोक संगीतका धरोहर स्रष्टा हरुका अभिभावक गुमाउदा अत्यन्तै मर्माहत भएको बताउनु भयो । सो शोक सभामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कलाकार कल्याणकारी कोषबाट प्राप्त २५ हजार नगर रकम स्वर्गीय कडायतका परिवारजनलाई हस्तान्तरण गरिएको थियो ।

उक्त शोक सभामा गौरीगंगा नगरपालिका वडा न.६ का वडा अध्यक्ष टेकबहादुर कुवँर , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश बरिष्ठ उपाध्यक्ष पुर्ण भाट, प्रदेश सदस्यहरु लोकेश खनाल ,कोमल ओली ,माधबी घर्तीमगर,कल्पना ढुङ्गाना, प्रतिष्ठान बैतडी जिल्ला अध्यक्ष प्रेमबिबश चन्द लगायतको उपस्थिति रहेको थियो ।

बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका–२ मुम्लामा जन्मेका ५४ वर्षको उमेरमा मष्तिस्कघातका कारण धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा कडायतको निधन भएको थियो । ३ दशकदेखि डेउडा गायन सक्रिय रहेका स्वर्गीय कडायतले जिउ ज्यान लैग्यो जहाजले घरजग्गा सेतीले´ ‘कर्णालीका भेल’ल बिडी खानीकी´ ,`बझाङ्गी दाइ´, ‘सम्झेका त्यै बेला, लगायत दर्जनौं चर्चित गीतमा आवाज दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पाँच बुँदे माग सहित मुख्यमन्त्री र मन्त्रीलाई ध्यानाकर्षण पत्र

धनगढी/सामुदायिक वन उपभोक्ता समूह र साझेदारी वन उपभोक्ता समूहले विभिन्न ६ बुदे माग सहित सुदूरपश्चिम सरकारका मुख्यमन्त्री र उधोग पर्यटन वन तथा वातावरण मन्त्रीललाइ ध्यानाकर्षण

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्
समाचार

६ बर्ष पछि ब्यबस्थापन समिती गठन राष्ट्रिय मा.बि .सुखडमा

सुखड/कैलालीको सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले ६ वर्ष पछि व्यवस्थापन समिति पाएको छ । विवादका कारण २०७४ साल यता विद्यालय समिति विहीन थियो । यस

अझै पढ्नुहोस्