पदम प्रकाशेश्वर मन्दिरलाई शाहले गरे अक्षयकोष स्थापनामा सहयोग

शेयेर गर्नुहोस


मोहित श्रीपाइली,सत्ति / टिकापुर नगरपालिका वडा नम्बर ७ सत्ति स्थित पदम प्रकाशेश्वर महादेव मन्दिरका लागि अक्षयकोष स्थापना भएको छ ।
पुरातात्त्विक सम्पदा श्रेणी ग मा सुचिकृत साे मन्दिरको नित्य पुजा कार्यमा सहज होस् भनेर टिकापुर – ६ सत्तिका स्थायी बासिन्दा माेहन बहादुर शाहले पाँच लाख पच्पन्न हजार पाँच सय पच्पन्न रुपैयाँको अक्षयकाेष खडा गरेका हुन ।
सल्यान जिल्लाकाे डाँडा गाउँ काेट जन्मस्थल भइ हाल विगत लामो समय देखि सत्ति बस्दै आएका ८२ वर्षे सामाजिक अगुवा माेहन बहादुर शाहले मन्दिरको नित्य पुजाअर्चनामा केही सहयोग होस् भनी अक्षयकोष स्थापना गरिएको बताए ।

मन्दिरमा हुने नित्य पुजा र विशेष पुजाकाे लागि रकम अभावका कारण मन्दिरले दाताको सहयोगमा पुजा गर्ने गरेको बताउँदै ।
‘अक्षयकोषकाे वार्षिक ब्याज बाट आएको रुपैयाँले मन्दिरको नित्य पुजा र विशेष पुजामा सघाउ पुग्नेछ । ‘ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विदुरलाल कायस्थले बताए ।

अक्षयकोष स्थापना अतुलनीय , संस्कृति संरक्षणमा असाधारण पुनित कार्य भएको यसबाट अरुले पनि शिक्षा ग्रहण गर्नुपर्नेमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कायस्थले बताए ।

संस्कृति , धर्म संरक्षणमा मन भएका शाहले गरेको याेगदान समाजका लागि प्रेरणादायी भएको टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले प्रतिक्रिया दिए ।

ताजा खबर

The Ultimate Guide to Mobile Roulette for Android Australia Instant

Top Neteller Online Casino Sites: A Comprehensive Guide for Gamblers

Free Offline Slot Machine: Enjoy Gambling Enterprise Gamings At Any Time, Anywhere

Online Slot Machines: The Ultimate Guide to Playing and Winning

Online Slot Machine Best Payment: A Guide to Maximizing Your Profits

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलाली कञ्चनपुरका पालिकामा लैङ्गिक हिंसाविरुद्धको अभियानमा विविध कार्यक्रम गरिने

धनगढी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान क्रममा कैलाली र कञ्चनपुरका पालिकामा विविध कार्यक्रम गरिने भएको छ । लिङ्गको आधारमा हुने सबैखाले हिंसा अन्त्यका लागि

अझै पढ्नुहोस्