रुसबाट भ्याक्सिन आउँदैछ भन्ने हल्लाको पछि नलाग्न स्वास्थ्य मन्त्रालयको आग्रह

शेयेर गर्नुहोस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वमै कोरोना भाइरस विरुद्धको खोप (भ्याक्सिन) पत्ता लागि नसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विश्वमा हाल कोरोना भाइरसविरुद्ध खोप पत्ता लागिनसकेको बताउनुभएको हो ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा. गौतमले भन्नुभयो, ‘भ्याक्सिनको बारेमा हल्ला भइरहेको छ । अहिलेसम्म संसारमा कहिँ पनि भ्याक्सिन निस्केको छैन । फेज थ्री ट्रायल भइरहेको छ, भ्याक्सिनको ।’

भ्याक्सिन बनिसकेपछि नेपाल सरकारकै पहलमा नेपालमा भ्याक्सिन उपलब्ध हुने प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । उहाँले थप भन्नुभयो, ‘र, कुनै प्राइभेट कम्पनीसँग बाहिर सम्झौता भएको भन्ने हल्लाहरु पनि बाहिर आएको छ । यी हल्लाहरुको पछाडि नलाग्न सम्पूर्ण सम्बन्धित सबैलाई अनुरोध गर्दछु ।’

केही दिन अगाडि मात्रै रुसले कोभिड–१९ विरुद्धको दुई करोड पचास लाख डोज भ्याक्सिन नेपाललाई दिने भन्ने समाचार सार्वजनिक भएको थियो । जहाँ रुसले पत्ता लगाएको ‘स्पुतनिक–५’ नामक उक्त भ्याक्सिन नेपाल पठाउन सम्झौता समेत भइसकेको बताइएको थियो ।

ताजा खबर

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Oficial Mostbet Casino Br

Getting Started with Gaming Machines and PayID in Australia

Keno Gets a Fresh Coat of Paint Down Under

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

लागू औषध खैरो हेरोईन सहित खक्राैलाबाट प्रहरीद्वारा एक युवक पक्राउ

टीकापुर/कैलालीकाे टीकापुरमा लागू औषध खैरो हेरोईन सहित एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला स्थित नेपाल भारतको सिमाना नजिकबाट

अझै पढ्नुहोस्