रुसबाट भ्याक्सिन आउँदैछ भन्ने हल्लाको पछि नलाग्न स्वास्थ्य मन्त्रालयको आग्रह

शेयेर गर्नुहोस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वमै कोरोना भाइरस विरुद्धको खोप (भ्याक्सिन) पत्ता लागि नसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विश्वमा हाल कोरोना भाइरसविरुद्ध खोप पत्ता लागिनसकेको बताउनुभएको हो ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा. गौतमले भन्नुभयो, ‘भ्याक्सिनको बारेमा हल्ला भइरहेको छ । अहिलेसम्म संसारमा कहिँ पनि भ्याक्सिन निस्केको छैन । फेज थ्री ट्रायल भइरहेको छ, भ्याक्सिनको ।’

भ्याक्सिन बनिसकेपछि नेपाल सरकारकै पहलमा नेपालमा भ्याक्सिन उपलब्ध हुने प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । उहाँले थप भन्नुभयो, ‘र, कुनै प्राइभेट कम्पनीसँग बाहिर सम्झौता भएको भन्ने हल्लाहरु पनि बाहिर आएको छ । यी हल्लाहरुको पछाडि नलाग्न सम्पूर्ण सम्बन्धित सबैलाई अनुरोध गर्दछु ।’

केही दिन अगाडि मात्रै रुसले कोभिड–१९ विरुद्धको दुई करोड पचास लाख डोज भ्याक्सिन नेपाललाई दिने भन्ने समाचार सार्वजनिक भएको थियो । जहाँ रुसले पत्ता लगाएको ‘स्पुतनिक–५’ नामक उक्त भ्याक्सिन नेपाल पठाउन सम्झौता समेत भइसकेको बताइएको थियो ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

नेपाललाई जेम्बावे ए को ८८ रनकाे सामान्य लक्ष्य

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा जिम्बावे ए ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा टस हारेर

अझै पढ्नुहोस्
समाचार

अतिक्रमण हटाएको आठ महिनामै वन हराभरा

जमुना न्युरे,धनगढी / कैलालीको चुरे गाउँपालिका–४ स्थित टाँकगडा र पनेरुगडा वन दुई वर्षअघिसम्म अतिक्रमणको चपेटामा थियो । ती दुवै वनको एक सय ५ हेक्टर क्षेत्रफल

अझै पढ्नुहोस्