आज धनगढीबाट सुदूर पहाडका तीन जिल्लामा परीक्षण उडान हुने

शेयेर गर्नुहोस

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने जानकारी दिए। परीक्षण उडानको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई धनगढी आउन लागेको बुढथापाले बताए।

सुरुमा धनगढी–बैतडी परीक्षण उडानको उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले जनाए। त्यसपछि डोटी र बझाङ पुगेर मन्त्री भट्टराईले नै परीक्षण उडानको उद्घाटन गर्नेछन्। अहिले धनगढी–बाजुरा चार्टड उडान भईरहेको  छ।

परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

धनगढी विमानस्थलका प्रमुख बुढथापा अहिले डोटीमा छन्। बर्षाैदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थालको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडानको तयारी थालिएपछि प्रदेशमा उत्साह बढेको हो।

अहिले सुदूरपश्चिमका पहाडी जिल्ला गुणस्तरिय स्वास्थ्य सेवा नहुँदा धेरैले अकालैमै ज्यान गुमाउनुपर्ने अवस्था छ। सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ।

बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालन भए स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने विश्वास गरिएको छ।

ताजा खबर

Can My Health Care Physician Create an ESA Letter?

Explore Online Slot Machines With Free Bonus Play

The Ultimate Guide to Online Roulette Gambling

बाघको आक्रमणबाट एक जनाको मृत्यु

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा सरकार उदासिन भएको आरोप

कान्तिपुरमा देखिएको श्रम समस्याका बारेमा जारी संघर्षको कार्यक्रम अन्तर्गत आज मिति २०८० मंसिर १० गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि

अझै पढ्नुहोस्