TRENDING
Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen
Vavada online casino w Polsce – darmowe spiny
Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech
Продуманное решение: адаптивный срочный займ на карту без отказа для каждого
Next
Prev

घोडाघोडी ताललाई बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र)घोषणा

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) शुक्रबार एक कार्यक्रमका बिच घोषणा गरियको छ ।

घोषणा कार्यक्रम सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले उदघाटन गरेका छन् ।
उदघाटन कार्यक्रममा बोल्दै भट्टले नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा) क्षेत्र भनेर घोडाघोडी रहेको छ । यसलाई सबैले मिलेर व्यवस्थित तरीकाले अगाडी बढाउनु पर्ने मुख्य मन्त्री त्रिलोचन भट्टले बताए । उनले भनेप्रदेश सरकार अन्तरगत पर्ने योजनामा जति लगानी लागे पनि यसमा रहेको भ्यु–टावर बनाउने बताए । पर्यटनको विकाससगै सरक्षण गर्नु सबैको उत्तरदायित्व रहेको र पर्यावरण पर्यटनको विकास तीब्र गतिमा अगाढी बढाए यहाँ स्थानीयलाई स्वरोजगार सङै
रोजगारीको पनि विकास हुनै मुख्य मन्त्री त्रिलोचन भट्टले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशको अर्थ बिकास तथा प्राकृतिक स्रोत समिती सभापति हर्क कुवरले कार्यक्रम मा बोल्दै घोडाघोडी ताल सङै रहेका बन जङ्गल , ताल तलैयाहरु सरक्षण र सम्बर्द्धन गर्दै बन्यजन्तु सङै चराचुरुङ्गी माध्यम बाट कसरी पर्यापर्यटन बिकास गर्दै पनि सरक्षण गरियो भने मात्र यो घोषणाले सार्थकता पाउने छ यसका लागि यहाँको स्थानीय सरकार र स्थानीय बासिन्दाहरुको महत्त्वपूर्ण भुमिका रहने बताए ।
तेस्तै कार्यक्रममा बोल्दै जुलोजिकल सोसाइटी अफ लण्डनका राष्ट्रिय सयोजक एवम् चराबिद डा.हेमसागर बरालले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारमा ३६० प्रजातिको चराचुरुङ्गी पाइने गरेका छन् । यो सिमसारमा साइबेरिया, मङ्गोलिया लगायत विभिन्न ठाउँबाट हिउँदे आगन्तुक चरा पनि आउने गरेका छन् । यहाँ पाइने चरामध्ये ६४ प्रजातिका जलपक्षी रहेका छन् । यसैगरी, १२ प्रजातिका विश्वमै दुर्लभ चरा पनि घोडाघोडी सिमसारमा पाइन्छन् । कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसेफिस्टो, लघु महाचिल लगायतका विश्वमै दुर्लभ चरा यो सिमसारमा पाइने गरेका छन् ।

विभिन्न प्रजातिका चरा पाइने घोडाघोडी सिमसारलाई बर्ड सेन्चुरी बनाइएपछि चरा र उनीहरुको बासस्थान संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘बर्ड सेन्चुरी घोषणापछि संरक्षण सम्बन्धी गतिविधि बढी हुने बताए ।
सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन बन तथा बाताबरण मन्त्रालयको सहकार्य र घोडाघोडी नगरकार्यपालिका आयोजना बर्ड सेन्चुरी घोषणा गरियको हो ।
हाम्रो देशमा अहिलेसम्म एउटा पनि बर्डं सेन्चुरी छैन । प्रदेश सरकारको कानूनलाई टेकेर बर्ड सेन्चुरी घोषणा गर्न लागिएको घोडाघोडी पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष दयाराम चौधरीले बताए । ‘बर्ड सेन्चुरी घोषणापछि मुख्य दायित्व पनि प्रदेश सरकारकै हुनेछ’, उनले भने ।

प्रसिद्ध घोडाघोडीसहित ठूलासाना २४ वटा ताल रहेको घोडाघोडी सिमसार क्षेत्र १० हजार ५७० हेक्टर क्षेत्रफलमा फैलिएको छ । तर, चरा अभय आरण्य क्षेत्र करिब छ हजार भन्दा बढी हेक्टर क्षेत्रफललाई समेटेर बनाइदैछ । जसमध्ये घोडाघोडी ताल प्रमुख रहेको छ । चरा अभय आरण्य क्षेत्र भनेको भयरहीत वातावरणमा चराले स्वतन्त्रपूर्वक आहारविहार गर्न पाउने क्षेत्र भन्ने बुझिन्छ । चरा अभय आरण्य क्षेत्र घोषणा भए पनि राष्ट्रिय निकुञ्जको जस्तो कडाइ हुँदैन ।

मान्छेले बर्ड सेन्चुरी घोषित क्षेत्रमा जान पाउने तर, चराको संसारलाई हस्तक्षेप गर्न नपाइने जनाइएको छ । घोडाघोडी सिमसारमा रैथाने प्रजातिका सङ्ख्याको साथै चरा प्रजाति सङ्ख्या बढ्दै गएको छ । यसैगरी, अन्यत्र बासस्थान नपाएका चरा यहाँ आउने गरेका छन् । मङ्गोलियन र साइबेरियन चराको लागि नेपालको चार रुटमध्ये घोडाघोडी सिमसार पनि एउटा रुट हो । जाडो छल्नका लाथि त्यहाँबाट चराहरु यहाँ आउने गर्दछन् ।

घोडाघोडी सिमसारमा सबैभन्दा बढी संख्यामा हरिहाँस पाइन्छन् । हरिहाँस यो सिमसारको सूचक प्रजाति हो । यसैगरी, भारतको केरलामा पाइने नाउदुन हाँसले सन २०१४ देखि घोडाघोडीमा पनि ‘ब्रिडीङ’ गर्दै आएका छन् । पहिले पाहुना चराको रुपमा केरलाबाट घोडाघोडी पुग्ने नादुल हाँस अब यहाँको रैथाने भइसकेका छन् ।

मानवीय हस्तक्षेपका कारण घोडाघोडी सिमसारमा चराको प्राकृतिक बासस्थान बिगिँ्रदो क्रममा रहेको छ । प्रसिद्ध घोडाघोडी ताल क्षेत्र वरिपरि प्लाष्टिकजन्य वस्तु फाल्नेसहित फोहोरमैला गर्ने कार्य बढ्दो छ । बर्ड सेन्चुरी बनाइएमा घोडाघोडी क्षेत्रमा भइरहेको प्रदुषण कम हुने विश्वास संरक्षणकर्मीको छ ।

बर्ड सेङचुरी बनेपछि चरालाई पहिलो प्राथमिकतामा राखेर वनजङ्गल, सिमसार, जलाधार क्षेत्रको संरक्षण घोडाघोडी नगरकार्यपालिका प्रमुख ममता चौधरीले बताए । ‘संरक्षण र पर्यापर्यटनलाई संगसंगै अगाडि बढाउने उद्देश्यका साथ यो गौरवको विषय अगाडि बढाइएको हो, उनले भने ‘बर्ड सेन्चुरी यस प्रदेशको एउटा ब्राण्ड नै हुनेछ ।’

प्राकृतिक सुन्दर दृश्यले भरिपूर्ण घोडाघोडी चरा अवलोकनसहित पद्यात्रा गर्नका लागि निकै महत्वपूर्ण सिमसार हो । चरा पर्यटनको सम्भावनालाई नै मध्यनजर गरेर सो नगरपालिकाको वडा नम्बर ३ स्थित माघीमा थारु होमस्टे पनि सञ्चालनमा रहेको छ । यद्यपि, चरा पर्यटन फष्टाउन नसकेका कारण होमस्टे पनि खासै चलेको छैन । बर्ड सेन्चुरी घोषणाले पर्यटन व्यवसाय फष्टाउने स्थानीयको अपेक्षा छ ।

घोडाघोडी सिमसारमा पाइने चराहरुको प्रचारप्रसार गर्ने उद्देश्यका साथ मसिरं १६, १७ र १८ गते घोडाघोडीमै चरा फोटो खिच्ने प्रतियोगिता पनि आयोजना गरिएको थियो । सो प्रतियोगितामा फोटोग्राफर सुगम ताम्राकार प्रथम, भूमिदत्त तिवारी दोस्रो र दृष्टान्त बिडारीले तेस्रो स्थान प्राप्त गरेका छन् । उनीहरुलाई मुख्यमन्त्री भट्ट र नगरप्रमुख चौधरीले सयुक्त प्रमाणपत्र सहित पुरस्कार दियका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen

Vavada online casino w Polsce – darmowe spiny

Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech

Продуманное решение: адаптивный срочный займ на карту без отказа для каждого

Lattrait du modélisme aéronautique et l’univers captivant de https://julius-fr-fr-casino.com/ pour les joueurs avisés

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

४ घण्टा वडा कार्यालयमा कामकाज गरिदिन मेयरलाई आग्रह

जमुना न्युरे,धनगढी /धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष शेर बहादुर महराले ४ घण्टा मात्रै वडा कार्यालयमा आएर कामकाज हेरिदिन मेयर गोपाल हमाललाई आग्रह गरेका छन्

अझै पढ्नुहोस्