कर्णाली कोरिडोर अतिक्रमणको चपेटामा

शेयेर गर्नुहोस

जमुना न्युरे,
धनगढी/कैलाली जिल्लाको पुर्बी क्षेत्रमा रहेको कर्णाली कोरिडोर मा वनक्षेत्र पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ ।

लम्कीचुहा नगरपालिका वडा ३ मा पर्ने चिसापानीकाे बजार नै वन क्षेत्र मा अतिक्रमण गरि अनियंत्रित बसाइँसराइ ले पछिल्लो समयमा कर्णाली कोरिडोरमा मानवीय क्रियाकलापले असर गरेको छ ।

चिसापानी बजार २०१८ सालमा दुई चार वटा घर टहरा बनाइ पुर्व पश्चिम यात्रा गर्ने यात्रुका लागि खाना खुवाउन स-साना चिया पसल देखि होटल बनायको हो ।
बिस्तारै बजारमा अव्यवस्थित रुपमा घरटहरा निर्माण, विभिन्न सस्थांले कार्यलय समेत राखेर बजार को क्षेत्र ठुलो बनेको नेपाली काग्रेशका नेता लब बहादुर साहीले बताए ।

यता सरक्षणकर्मी लामो समय सम्म बन बाताबरण र बन्यजन्तु सरक्षण कार्यमा लाग्नु भयका तिलक ढकाल ,कर्णाली कोरिडोर बर्दिया राष्ट्रीय निकुञ्ज , भारत दुधुवा राष्ट्रीय निकुञ्ज , कर्तनिया (वल्ड लाइफ सेन्चुरी ) ,चुरे भावर हुँदै बसन्ता जैविक मार्ग सङ जोडिएका कोरिडोर हो ।
जहाँ बाट भारतको दुधुवा नेसनल पार्कबाट कर्तनिया घाट हुँदै हाती , गैडा , बाध ,लगायत का बन्यजन्तु नेपालको कर्णाली कोरिडोर हुँदै चुरे भावर सम्म ओहोरदोहोर गर्ने गर्दछ्न ।

कर्णाली कोरिडोर बसन्ता कोरिडोर भन्दा बढी संबेदनसिल र महत्वपूर्ण मानिन्छ सरक्षणकर्मी तथा डल्फिन सरक्षण का बिजयराज श्रेष्ठले यहाँ कर्णाली कोरिडोर हुँदै कर्णाली नदि , मोहना नदि हुँदै डल्फिन भारत सम्म डुलेर आउने जलपन्क्षी , जलचर र स्थलचर बन्यजन्तु ओहोरदोहोर समेत गर्दछ्न , यहि ओहोरदोहोर गर्दा जनावरलाइ सुरक्षीत रुपमा ओहोरदोहोर गर्न असज परिस्थिति भयको छ मानबिय क्रियाकलापले ।

पछिल्लो समयमा अति संबेदनसिल , महत्वपूर्णमानियको कर्णाली कोरिडोर अतिक्रमणको चपेटामा दिन दुगुना रात चौगुना परेको छ। मानवीय क्रियाकलापले गर्दा कोरिडोर क्षेत्रमा अव्यवस्थित घर निर्माण , बजारीकरण , बिकास पुर्वाधार निर्माणका कार्य हुदा वन्यजन्तुलाई ओहोरदोहोर गर्न ,बासस्थान समेत नासिदै गयको छ ।

पछिल्लो समयमा नेपालकै राष्ट्रीय गौरवको रानी जमरा कुलरिया सिचाइ आयोजनाले गर्दा चिसापानी बजारमा रहेको तल्लो भेगको बस्तिलाइ ढुङ्गे बजारमा तथा रोडको माथिल्लो भागमा र तल्लो भागमा बस्ती राखियको छ ।
त्यो सिचाइ आयोजना कैलाली का पुर्बी क्षेत्र ३८ हजार हेक्टर जमिन सिचाइ हुने बताएको छ ।
यसरी आयोजना हुनु र चिसापानी बजार मा बढ्दो सहरीकरणले गर्दा कर्णाली कोरिडोर अतिक्रमणको चपेटामा परेको श्रेष्ठले बताए ।

कर्णाली कोरिडोर चिसापानी क्षेत्रमा बनाएका ठुला ठुला सिर्द्धार्थ होटेल लगायतका होटेलहरु , घर , सघं सस्थां , सरकारी , गैरसरकारी कार्यलय हरु अहिले सम्म लालपुर्जा पायका छैन तर पनि बस्ती निर्माणका कार्य कतै बाट रोक्ने प्रयास भयको छैन ।

कर्णाली कोरिडोरलाई निकै महत्त्वपूर्ण कोरिडोर को रूपमा लियको छ जहाँ बाट स्थल प्रा‍णी , जलचर प्रा‍णी ले ओहोरदोहोर गर्ने गर्दछ्। राजनैतिक दल , सरोकारवाला निकाय चासो चिन्ता नदेखाउदा नजिकै रहेको बन कार्यलय कोरिडोर को क्षेत्र अतिक्रमण रोक्न नसकियको आफुहरुलाइ कतै बाट सहयोग नपाएकाले अतिक्रमण रोक्ने प्रयास सफल नभएको सब डिभिजन बन कार्यलय चिसापानीका प्रमुख पुर्ण कुमार कार्कीले बताए ।

ताजा खबर

Funbet Casino on the Go: Snelle Mobiele Sessies Die In Een Koffiepauze Passen

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Бонусы и акции в Эпикстар казино онлайн 2026

Бонусы и акции в Эпикстар казино онлайн 2026 Рекомендуем первым делом обратить внимание на промо-мероприятия, которые предлагает это игровое заведение. Множество привлекательных предложений значительно увеличивают

अझै पढ्नुहोस्

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्

Вавала как культурное явление и его значение

Вавала как культурное явление и его влияние При анализе феномена, стоящего за популярностью, важно учитываться специфические характеристики, которые формируют его уникальность. Такое явление заполнило пространство,

अझै पढ्नुहोस्