विप्लव माओवादी कार्यकर्ता सामुदायिक वनबाट लाखौंको चन्दा असुल्दै

शेयेर गर्नुहोस

जमुना न्युरे,
सुखड/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीका सामुदायिक वनमा मनलाग्दी चन्दा असुलीमा लागेका छन् । सामुदायिक वनमा आफूले तोकेको रकम चन्दास्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की दिन थालेपछि सामुदायिक वनले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा दिन थालेका हुन् ।

सुदूरपश्चिम प्रदेशको अर्थ बिकास तथा प्राकृतिक स्रोत समिती आइतबार कैलाली को भजनी नगरपालिकामा बाढीपीडित का नाममा भयको बन क्षेत्र अतिक्रमण र बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम लागू भयका सामुदायिक बनहरुमा पुनरुउत्पादन भएकोमा ठाउँ अनुगमन तथा अबलोकन गर्ने टोलि स्थलगत रुपमा भजनी नपा को वडा न ९ डोङगपुरमा पुगेको थियो ।

टोलि त्यहा पुगे पछि सामुदायिक बनका उपभोक्ता हरुले भने समिति लाई बिप्लव माओवादी ले आफ्नो समुहमा चन्दा मागेको नदियमा कडा कारबाही गरिने कुरा बताए पछि यो कुरा बाहिर आयको हो ।

कैलालीको भजनी,साडेपानी , घोडाघोडी, पण्डौनमा रहेका केही सामुदायिक वन समितिसँग विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ठूलो रकममा चन्दा माग गर्न थालेको हो । पार्टीका कार्यकर्ताहरुले लेटरप्याडमा आर्थिक सहयोग गरिदिन भन्दै पत्र दिन थालेका छन् । नाम नबताउने शर्तमा एक उपभोक्ता समितिका अध्यक्षले भने,‘हामीलाई सहयोग गर्न पत्र पठाएका थिए, थोरै रकम दिन खोज्दा तोकेरै दुईलाख माथि दिन भनेर दबाब दिए । तोकेका चन्दा नदिएमा कारबाही गरिने भनेपछि हामीले बाध्य भएर रकम दियौँ ।’ प्रायः सामुदायिक वन समितिले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताकै नाममा चेक काटेर दिएका छन् ।

‘हामीलाई अडिट गर्न पनि सजिलो र कसलाई रकम दिएको हो भन्ने थाहा पाउनका लागि पार्टीका कार्यकर्ताकै नाममा चेक काटेका छौँ,’ अर्का एक अध्यक्षले भने,‘रकम दिए सामुदायिक वन उपभोक्तासामू हले जवाफ दिनुपर्ने, नदिए पदाधिकारीमाथि भौतिक कारबाही गर्ने धम्की खानुपर्ने हुन्छ ।’ विप्ल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भजनी नगरपालिकास्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहबाट ३ लाख, सरस्वती सामुदायिक वन उपभोक्ता समूहबाट दुई लाख, सयपत्री सामुदायिक वन उपभोक्ता समूह भजनी–९, डोङपुरबाट २ लाख ५० हजार, जनज्योति र सोनिया सामुदायिक वन उपभोक्ता समूह भजनी–९, डोङपुरबाट १ लाख २० हजार, घोडताल सामुदायिक उपभोक्ता समूह भजनी–९ पचमुडियाबाट ५० हजार रुपैयाँ चन्दा भन्दै रकम असुलेको हो ।

समिति गएका बेला महिनौदेखि चन्दा आतंक सहेर बसेका सो क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले विप्लवको चन्दाबाट आफूहरु आजीत बनेको बताएका थिए । उनीहरुले विप्लव नेतृत्वको पार्टीले आफूहरुलाई महिनौदेखि तोकिएको चन्दा नदिए धम्की दिने गरेका कारण यहाँका अधिकांश सामुदायिक वनले चन्दा दिएको बताएका थिए । उपभोक्तासामू अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति तथा प्रदेश सभा सदस्य कुँवरले चन्दाका नाममा उपभोक्ताहरुलाई सताउने जो कोही पार्टी तथा व्यक्तिलाई कारबाही गरिने बताए । ‘हामी अब यसको खोजी गर्छौ,’ उनले भने,‘यसरी उपभोक्तालाई धम्की दिँदै चन्दा असुल्न गलत कार्य हो, त्यस्तालाई कानुनी दायरामा ल्याउँछौँ ।’
यता डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन प्रमुख गोकुलप्रसाद रिजालले यहाँका केही सामुदायिक वनमा विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताले चन्दा असुलेको स्वीकारे । उनले भने,‘सामुदायिक वनबाट अस्वभाविक किसिमले चन्दा असुलेको थाहा पाएपछि सामुदायिक वनलाई के कति पैसा के कारणले दिइएको हो, कारणसहित उपस्थित हुन पत्राचार गर्ने तयारी गरेका छौँ ।’ उनले यसरी अस्वभाविक चन्दा सामुदायिक वनले दिन नहुने उनले बताए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कैलाली सचिव दिपेन्द्र चलाउनेले पार्टी चलाउन सानोतिनो रकम सहयोगस्वरुप माग गर्दा स्वइच्छाले दिने कुरा अलग भएपनि चर्को रकम चन्दा माग नगरिएको उनले बताए । उनले भने,‘हामीले ठूलो रकम चन्दा माग कहिँ कतैबाट गरेका छैनौ, यति समूदायलाई असर पर्नेगरी ठूलो रकम कसैले माग गरेमा फिर्ता गर्न लगाउने छौँ ।’ उनले ठूलो रकम चन्दा नमाग्न पनि आफ्ना मातहतका निकायलाई निर्देशन दिएको बताए । ‘हामीले ठूलो रकम चन्दास्वरुप माग नगर्न निर्देशन दिएका छौँ,’ उनले भने,‘कुनै ठाउँमा आफ्नो पार्टीको वद्नाम गर्न कोही फटाहा मानिसहरुले पनि त्यसो गरेको हुनसक्छ, हाम्रो कार्यकर्ताले कतै मागेको छ कि भनेर बुझ्दैछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Genot van spanning tot winstkansen via tip-top-casinos-nl.nl

Intégralité des gains possibles avec mystake casino, un divertissement en ligne exceptionnel

Paciência e perícia definem a jornada em the-chicken-roads-pt.pt, um teste de agilidade sem igual

Erfolgreiche Gewinnchancen bei modernen Spielautomaten entdecken mit slotsdj-casinos.de und neuen Strategien

Strategic partnerships and luckcasinos-uk.uk deliver innovative casino access today

Gelungene Strategien und https://bets24casino-switzerland.com für dein optimales Casinoerlebnis

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

घोडाघोडी लगायत कैलाली जिल्लाका सिमसारमा आगन्तुक चराको चहलपहल बढ्दै

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी ताल नेपालीको पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) मा आगन्तुक चराको चहलपहल बढेको छ । जाडो छल्नका लागि यहाँ विभिन्न

अझै पढ्नुहोस्