टीकापुर ८ मा रातिकाे समयमा डिजे लगायतका बाजा बजाउन राेक

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ रातिकाे समय डिजे लगायतका सबैखाले बाजा बजाउन नपाउने भएको छ ।

शुक्रबार राति चक्कु प्रहार गरि हत्या गरिएको स्थानमा स्थानीय बासिन्दाहरुलाइ सम्बाेधन गर्नुहुदै टीकापुर ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले डिजे लगायतका सबै खाले बाजा रातिकाे समय बजाउन नपाइने उद्घघाेष गर्नुभएको छ ।

पछिल्लो समय रातिकाे समयमा विवाह,जन्मदिन लगायत विभिन्न उत्सवमा रमाइलोकाे नामा गरिने कार्यक्रममा विभिन्न खाले अपराधिक घटनाहरु घट्न थालेपछि डिजे बाजा बजाउन राेक लगाउन लागेको वडा अध्यक्ष ठकुल्लाले बताउनुभयो ।

वडा अध्यक्ष ठकुल्लाले सर्वदलीय, सर्वपक्षीय लगायत सराेकारवालाहरुकाे बैठकबाट निर्णय गरि रातिको समयमा डिजे लगायतका बाजा बजाउन राेक लगाइने बताउनुभयो ।

रातिकाे समय डिजे बजाएर रमाइलो गर्ने अवस्थामा शुक्रबार राति मात्र टीकापुर नगरपालीका वडा नं. ८ कालीमाटी बस्ने लोक बहादुर साउदको १८ वर्षको छाेरा अनुप साउदकाे चक्कु प्रहार गरि हत्या गरिएकाे घटनले स्थानीय समेत त्रसित बनेका छन् । त्यसैले पनि रातिकाे समय गरिने सबैखाले कार्यक्रमहरुमा राेक लगाउन जरुरि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Chicken Subway crash-spel med en springande kyckling av 100HP Gaming – regler för detta spel i online casinon

Pinco casino Türkiye’de – genel bakış

Kasino Mostbet – jak začít hrát

Blackjack City Casino – available games and features on the online casino platform

Pin Up Casino – Azərbaycanda onlayn kazino Pin-Up

Nieuwe online casino’s in België

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मेलमिलाप सम्बन्धि तालिम सुरु

जमुना न्युरे,सुखड/ कैलाली जिल्लाको गौरीगंगा नगरपालिका न्यायिक समिती चौमाला,कैलालीको आयोजना तथा नेपाल मेलमिलापकर्ता समाजको प्राबिधिक सहयोगमा सामुदायिक मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत तालिम चौमालामा सुरु

अझै पढ्नुहोस्