लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी/अवैध लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका-२ राम जानकी मन्दिर नजिकबाट ३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेल रहेका छन् । विशेष सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

  त्यस्तै धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने १८ वर्षीय ३ जना किशोर र १ जना किशोरीलाई ३ ग्राम ६ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले लागूऔषध ब्राउनसुगर सेवन गरी रहेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

 त्यसैगरि बेलडाँडी गाउँपालिका-५ झिलमिलाफाँटाबाट ६ ग्राम २ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ सहित बेलडाँडी गाउँपालिका-५ झिलमिला बस्ने २२ वर्षीय झलक थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

भारतबाट साइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपी झिलमिला समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

गौरीगंगा नगर स्तरिय मेलमिलाप केन्द्रको ज्ञापन -पत्र

चौमाला,कैलालीको आयोजना तथा वडा मेलमिलाप केन्द्रको समन्वयमा २ बुँदे माग राख्दै वडा अध्यक्ष ज्यु लाई ज्ञापन पत्र बुझाएको छ।नगर स्तरीय मेलमिलाप संयोजक हेमन्त राज जोशी

अझै पढ्नुहोस्